Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि - छवि आले 'निशब्द

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि - छवि आले 'निशब्द

नेप्लिज डायस्पोरा

१, मंसिर २०८०
images
मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि - छवि आले 'निशब्द

गुनासो गर्‍यो आज चउरको घाँसले पनि,

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि

 

कहिलेकाँही त सकारात्मक पनि बनौँ न महोदय,

केही पाठ त जरुर सिकाउँछ विनाशले पनि

 

हो,  ऊबिना बाँच्न सक्दैनौं हामी थाहा छ,

तर कसैको जीवन अन्त्य गरिदिन्छ बतासले पनि

 

कसैलाई शङ्का नगर भनेर त धेरै सिकायौ आमा,

तर जिन्दगीभर पोल्दोरहेछ विश्वासले पनि

 

कहिलेकाँही विनाकारण यति धेरै खुसी हुन्छु,

केवल मेरो साथ तिमी छौ भन्ने आभाशले पनि

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - ०३:३८:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend