नेपालकी होची महिला भनेर दावी गरिएकी लमही निवासी ईश्वरी माया छिनालको निधन भएको छ। ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाललाई नेपालकी होची महिला भनेर चिनाउने गरिएको थियो।
निमोनियालगायत रोगबाट ग्रसित छिनालको ३१ बर्षको उमेरमा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा बिहीवार निधन भएको थियो।
रुकुम जिल्लामा जन्मिएकी छिनाल ०५५ सालदेखि लमही नगरपालिका–६ घोँडेबासमा बस्दै आएकी थिइन् । उपचार गर्न आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोग गर्ने अपिल गर्दै आएका थिए । चार भाइबहिनीमध्ये उनी जेठी हुन् । दुई छोरा र दुई छोरीमध्ये अन्य सबै औसत उचाइका छन् ।