Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भ्रम (कविता)

भ्रम (कविता)

नेप्लिज डायस्पोरा

२, मंसिर २०८०
images
भ्रम (कविता)

भ्रम

कतै छन पर्खाल
जसले मलाई छेकिरहन्छन्
कतै छन काँडा
जहाँ मलाइ घोचिरहन्छन्
मायाका सुन्दर बगैंचामा
तिखा काँडाले बिझाउँदा
यसरी मन दुख्छ
जसरी तिमीले फुलले हान्दा
ढुंगाले लाग्छ
छट्पटीदै गुडमा
चरी एक्लै रुन्छ
एकपल सम्झनाको
पर्दा उघार्दा
तिमी अलिकति,
मुस्कुराएका थियौ
मुस्कुराएकी थिए म पनि
सायद! त्यो नै रहेछ
तितो यथार्थ
तिमीलाई हेर्दा पनि पिडा
नहेर्दा पनि पिडा
जब सम्झिन्छु
ति स्वर्णिम पल
बिर्सिन्छु बिझाउने काँडा
अनि छेक्ने ति पर्खाल
मात्र सम्झनामा ।

भो …
चाहिदैन अब मलाइ
सुकिलो तिम्रो छाया
ब्रह्माण्ड परिक्रमा गर्ने
चक्रब्यु जस्तो माया
अनि कहाँ
स्थिर रहन्थ्यो
भड्किरहने
तिम्रो मन
भ्रम पार्ने शब्दका
उत्ताउला बाणीहरु … ।

-कमला रिसाल

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - ०३:२५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend