Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल यमनसॅंग पराजित

नेपाल यमनसॅंग पराजित

नेप्लिज डायस्पोरा

५, मंसिर २०८०
images
नेपाल यमनसॅंग पराजित

फिफा विश्वकप र एएफसी एसिया कप संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले यमनविरुद्ध २-० को हार ब्यहोरेको हो ।

जितसँगै समूह ‘एच’ को यमनले दुई खेलमा ३ अंक जोडेको छ । दुवै खेलमा पराजित नेपाल अंकविहिन छ । पहिलो खेलमा नेपाल युएईसँग ४-० तथा यमन बहराइनसँग २-० ले पराजित भएका थिए ।

यमनका लागि दुवै गोल दोस्रो हाफमा वैकल्पिक खेलाडीले गरेका हुन् । यमनका लागि ओमार अब्दुल्ला अल दही र मोहम्मद अब्दुल्ला अल दहीले गोल गरे ।

खेलको चौथो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । मिडफिल्डर दीनेश हेन्जनको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रक्षक आशिष चौधरीले गरेको हेडर यमनका गोलकिपर अब्दुल्ला अल सादीले नियन्त्रण गर्न खोज्दा उनी स्ट्राइकर जिलेस्पीजंग कार्कीबाट फउल हुन पुगेका थिए । त्यही दौरान बलले जाली चुमेको थियो ।

११ औं मिनेटमा यमनी कप्तान अब्दुलवाशे अल मतारीले प्रहार गरेको बल किरणले नियन्त्रण गर्न नपाउँदै आशिषले क्लियर गरिदिए । 

त्यसको पाँच मिनेटपछि यमनी स्ट्राइकर अहमद माहेर वान भर्सेस वानमा चुके । बललाई दायाँ दिसातर्फ टर्न गर्न खोज्दा किरणले क्लियर गरिदिए ।

२७ औं मिनेटमा विंगर हम्जाह हनासको फितलो प्रहार किरणले सहजै बचाए ।

दोस्रो हाफको सुरुआती केही मिनेटमै किरण पुनः बाधक बन्दा यमनले अग्रता लिने अर्को अवसर गुमायो । मैदान छिरेको पाँच मिनेट बित्न नपाउँदै फरवार्ड ओमार अल दाहीकरले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाएका थिए  ।

६१औं मिनेटमा हिसुबले वान भर्सेस वानको अवस्थामा यमनका गोलकिपरलाई बिट गर्न नसक्दा नेपालले अग्रताको सुनौलो मौका गुमायो । त्यसलगत्तै पेनाल्टी बक्सबाहिरबाट पाएको फ्रिकिकमा पुनः नेपालले अग्रताको अवसर गुमायो ।

जिलेस्पीजंग कार्कीलाई बक्सबाहिर लडाएपछि प्राप्त फ्रिकिकमा एरिक विष्ट प्रहारका लागि आएका थिए । एरिकको लोअर फ्रिकिक यमनका रक्षकबाट डिफ्लेक्ट भएर फर्किदा आएको बलमा अञ्जनले प्रहार गरे पनि बाहिरिएपछि यमनको खतरा टारेको थियो ।

७३ औं मिनेटमा ओमारले उत्कृष्ट गोल गर्दै दशरथमा उपस्थित १३ हजार ७ सय ३५ दर्शकलाई स्तब्ध बनाएका थिए । पेनाल्टी बक्स बाहिरबाट नेपालका तीन रक्षकलाई बिट गर्दै धाहीले टप कर्नर उत्कृष्ट गोल गरेका थिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा किरणले मिडफिल्डर नासीर अहमद अल गवासीको प्रहार बचाए ।

९०औं मिनेटमा मोहम्मदले गोल गर्दै  यमनलाई २-० को जित दिलाए ।

 

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - २२:०३:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend