Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

धनकुटामा टिकाराम दम्पतीसहित ११ वर्षीय छोरा मृत फेला

धनकुटामा टिकाराम दम्पतीसहित ११ वर्षीय छोरा मृत फेला

नेप्लिज डायस्पोरा

८, मंसिर २०८०
images
धनकुटामा टिकाराम दम्पतीसहित ११ वर्षीय छोरा मृत फेला

 

काठमाडौं । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका-१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जना मृत फेला परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनकाअनुसार निगालेमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरूको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको हो ।

अत्यधिक मादक पदार्थ सेवन गर्ने टीकारामले घरायसी विवादमा मध्यराति पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको हुननसक्ने आशंका छिमेकीले गरेका छन् । छोरी र छिमेकीका अनुसार श्रीमान्–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । टिकाराम डिप्रेशनमा रहेको खुलेको पनि प्रहरीले बताएको छ ।

 

उनीहरूकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान् टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । मृत्युको कारण खुलेको छैन । तर पनि टीकारामले श्रीमती र छोराको घाँटी थिचेर हत्या गरेपछि आत्महत्या गरेका प्रारम्भिक अनुमान छ ।

प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । ‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ०८:१८:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend