पाल्पा, मंसिर ९ गते ।
आज दिउँसो १ बजेदेखि मनोहरा साहित्य समाजका सचिव भावकेशर बरालले सहजीकरण गरेको, संस्थाका अध्यक्ष डिल्लीराज अर्यालबाट अध्यक्षता गरिएको प्रमुख आमन्त्रित अतिथि आर. सी. रिजाल रहनुभएको, विशेष आमन्त्रितमा बुढौली समाज भक्तपुरका अध्यक्ष कविराज पौडेल तथा मोहन पन्थी रहनुभएको मनोहरा साहित्य समाजको ८३ अौं मासिक नियमित रचनावाचन शृङ्खला सुसम्पन्न भएको छ ।
ग्लोबल स्कूल टाउनप्लानिङ्को सभाहलमा भएको कार्यक्रममा अध्यक्षको कवितावाचन र स्वागत मन्तव्यबाट वाचनको शुभारम्भपछि विभिन्न कविहरूले कविता, गजल, मुक्तक आदि रचनावाचन गर्नुभएको थियो ।
कार्यक्रममा वाचित रचनाहरूमा सुनिल पुरीको "म बूढो" (कविता), राजेन्द्रकुमार वज्राचार्यको "जय शिवशंकर" (कविता), प्रेमनाथ घिमिरे पाल्पाली रको (सवाई कविता), केशव ज्ञवालीको "ऐनाभित्रको मान्छे" (कविता), दीनानाथ पोख्रेलको - "बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी" (समस्यापूर्ति कविता), गङ्गाप्रसाद भेटवालको "भीड र यथार्थ"(कविता),
सम्पत् काफ्लेको "यहाँ को छ आफ्नो सबै छन् पराई (गजल), रत्ननिधि रेग्मीको देवकोटासम्बन्धी कविता,
रूद्र अधिकारीको ४ वटा -मुक्तकहरू, रचना दाहालको "वक्र रेखाहरू" (कविता), भावना न्यौपानेको " पाका मानिसलाई .." (कविता), भुवन शिवाकोटीको -"बद्नाम लठ्ठी" (कविता), बुद्धिसागर पौडेलको - मरेपछि भर्ने मानूचामल के कामको ? (कविता) अनुराग अरूणको (गजल) कला सीप जाने सरल हुन्छ जीवन, अप्सरा पोख्रेलको मुक्त बादल आउँछ पानी पार्छ अलि टाढै बस...२ वटा मुक्तक, प्रकृति घिमिरेको - "पहिलेको र अहिलेको म"(कविता), नूरदेव खनालको- "कस्तो कविता लेखूँ ?"(कविता), सुरेश वैद्यको ४ वटा रोमाञ्चक मुक्तकहरू, योगप्रसाद उपाध्याय चापागाईं तथा शितल गिरिकोशुभकामना मन्तव्य, सरिता तिमल्सिनाको (कविता)-"पेशा शिक्षक नै राम्रो ", भावकेशर बरालको (कविता) "आँधी", मोहन पन्थी -को (कविता) यो फूलबारीमा घुसेर म पनि सुरभित हुन चाहन्छु, कविराज घिमिरेको (कविता) "भन्छ नेपाल देश" खोलाघरे साहिंलोले समीक्षा मन्तव्य र (गजल) "रङ्गीन भो नभ छटा जब गोधुलीले" ।
प्रमुख आमन्त्रित अतिथि आर. सी. रिजालले सारगर्भित मन्तव्यका साथै हास्यव्यंग्यकार केशवराज पिंडालीको नाममा प्रदान गरिने गरी १ लाखको अक्षयकोष स्थापना गर्न हाललाई रु ५० हजारको चेक अध्यक्षलाई हस्तान्तरण गर्दै व्यङ्ग्य गीत प्रस्तुत गर्नुभयो ।

पुरस्कार कोषका लागि रकम प्रदान गर्नुहुने आर. सी रिजाललाई मनोहरा साहित्य समाजका तर्फबाट आभार प्रकट गरिएको थियो ।