पाल्पा, २०८०, मंसिर ९ ।
आज पाल्पाको धवल पुस्तकालय तानसेनमा साहित्यकार विनोद नेपालको नियात्रा सङ्ग्रह ''ससुरालीदेखि सुस्तासम्म'' कृति रको एक समारोहका बीच बिमोचन गरिएको छ ।
धवल पुस्तकालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कृतिको विमोचन गर्दै कृतिकारले साहित्यमा निरन्तरता दिदै 'ससुरालीदेखि सुस्तासम्म' को नियात्रा ल्याउन सफल हुनुभएकोमा बधाई ज्ञापन गर्नुभयो ।
विशेष अतिथि क्याम्पस प्रमुख तथा साहित्यकार टंकप्रसाद भट्टराई, साहित्यकार नारायण अधिकारी, प्राध्यापक जीवनबहादुर थापा, पत्रकार गोविन्दप्रसाद भट्टराई, साहित्यकार मन गहिरे, साहित्यकार खगेन्द्रप्रसाद बस्याल, साहित्यकार पुष्करराज रेग्मी, पत्रकार सोमनाथ अर्यालले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
कृति माथिको समीक्षा डा. शंकर गैरेले गर्नु भएको थियो । साहित्यकार
युवराज पौड्यालको अध्यक्षतामा, डा. टंक पन्थको स्वागत, कृतिकार विनोद नेपालको धन्यवाद, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशकुमार अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
