Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

राजा आवस्यकता कि बाध्यता?

राजा आवस्यकता कि बाध्यता?

नेप्लिज डायस्पोरा

११, मंसिर २०८०
images
राजा आवस्यकता कि बाध्यता?

राजा आवस्यकता कि बाध्यता?

 

६२/६३ को आन्दोलन पछि बनेको संविधानमा भएका ३ बुदामा धेरै जनताको असन्तुष्टि छ। 

१  संघीयता मन परेकै छैन

२ धर्म निरपेक्षता मन परेको छैन

३ प्रत्यक्ष निर्वाचित कार्यकारी अपेक्षा छ।

तर जनताले मुख्य पार्टी काङ्ग्रेस, एमाले र माओवादीलाइ मात्र भोट हाल्ने परम्परा तोडन सकेका छैनन् । यी पार्टीहरु माथिका ३ मुद्दाका पक्षमा छैनन् । पछि उदाएका केहि नयाँ पार्टीहरु पनि यी ३ मुद्दामा अनुदार छन् । जनताले न त संघीयता बिरोधी रास्ट्रीय जनमोर्चालाइ बहुमत भोट दिएर संघीयता फाल्न तयार छन न त हिन्दु राज्य माग गर्ने राप्रपालाइ बहुमत दिएर हिन्दुराज्य बनाउन तयार छन् । जनताले पुराना ठुला पार्टीलाइ फेर्न नसक्नु। जनता केन्द्रित भन्दा दलको स्वार्थ केन्द्रित बाटोमा ठुला दल हिड्नु अनि सिद्धान्त नमिले पनि विभिन्न बहानामा गठबन्धन बनाउने र शक्तिमा आलोपालो रमाउने शिलशिला पटक पटक दोहोरिएका छन् । दलको स्वार्थ मिले वा ३ जना पार्टीको प्रमुख मिले सबै मिल्छ भन्ने अहमताले पछिल्लो घट्ना घटेका छन्। 

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो। राजतन्त्र या राजसस्थाका बिरुद्धमा नारा लगाएका हिजोका ब्यक्ती नै आज राजा चहियो भन्ने आवाज सुनिन्छ। राजाको उदाहरण दिदा कि महेन्द्रको औधोगिक बिकासको मोडललाइ दिइन्छ कि त बिरेन्द्रको शान्ति अनि समन्वयकारी भुमिकाको उदाहरण दिइन्छ। आफ्नै बक्तब्यमा पनि आफू नचाहादा नचाहदै २ पटकसम्म राजा बन्न बाध्यता रहेको बताउने र आफ्नो कार्यकालमा कुनै सम्झनयोग्य काम नगरेका पुर्वराजा ज्ञानेन्द्र नेपालीका आशा र भरोसाका आदर्श राजाका रुपमा भने मान्दैनन। ६२/६३ को आन्दोलन पछि नेपालमा सम्बिधान निर्माण देखि mcc पास गर्नुसम्म राजनीतिक दललाइ पस्चिमाको अप्रत्यक्ष हस्तक्षेप, भारतले गरेका अस्वभाविक चासो र बलमिच्याइ र पछिल्लो समय नेकपा बन्दा चीनिया प्रभावले नेपाल एक प्रयोगशाला महसुस गरेका छन् । 

यी दलका नेताले लोकतन्त्रको नाममा गरेका केही गलत हर्कत अनि संघीयताका नाममा यति सानो देशमा १०० बढी मन्त्रीहरु ८०० को हाराहारीमा साम्सद पछिल्लो समयको आर्थिक सन्कटको कारणको रुपमा लिन थालिएको छ। तल देखि माथीसम्म अकुत सम्पत्ति जोड्ने देखि दामाशाही/भ्रष्टाचार/दण्डहिनता/महङ्गी/रास्ट्र बिरोधी हर्कत/ बिचौलिया तथा कार्यकर्ता ब्याबस्थापन कै लागि बनेका प्रदेश सरकार त्यो पनि १/१ महिनामा मुख्यमन्त्री परिवर्तन/ केन्द्रमा ८/९ महिना भन्दा बढी नटिक्ने सरकार देखेर वाक्क भएर जनताले बरु राजा नै ठिक भन्ने मनोबिज्ञान बढ्दै गएको हो।  ठुला दलका अकर्मण्यताको फाइदा उठाउन दुर्गा प्रसाईं जस्तो बिबादास्पद मान्छे बोल्नु र असन्तुष्ट पक्षले साथ दिनु स्वभाविक हो। माथिका ३ मुद्दा  सहि सम्बोधन नगर्दासम्म स्थायोत्व आउने छैन।यस्ता आन्दोलन  भइरहन्छन। अशान्ति असन्तुष्टि भैरहन्छ।

-दुर्गाराज पाण्डे 

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - ०६:०५:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend