Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकामा सम्मान

कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकामा सम्मान

नेप्लिज डायस्पोरा

२७, मंसिर २०८०
images
कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकामा सम्मान

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतको सम्मानमा अमेरिकाको मेरिल्याण्डमा एक कार्यक्रम सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरको आयोजनामा मेरिल्याण्डको बाल्टिमोरमा भएको कार्यक्रममा कुलपति राई, प्राज्ञ वस्नेत, मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारी, मेरिल्याण्ड र पेन्सिलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, समाजसेवी श्याम कार्की, मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य तथा नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई, प्रोफेसरहरु उत्तम गौली र विष्ट, बानाका अध्यक्ष सुवोध पन्तलगायतका व्यक्तित्वहरुको उपस्थिती थियो । 

 

च्याप्टर अध्यक्ष पूजा चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव सहदेव कोईरालाले गर्नुभएको थियो । 

images
प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - २३:०९:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend