काठमाडौँ - वि.सं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेदाइको रेलिमाई’ छनोट भएको छ ।
गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापनसमितिले उक्त निर्णय गरेको हो ।
वि.सं २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्येबेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरेदाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय भएको हो ।
गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाखरुपैंया नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीयनेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्षहिक्मत थापाले जनाए ।
आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले ‘लाहुरेकोरेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौटसमितिको सिफारिस अनुमोदन गरेको थियो ।
गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टरमित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ लेगायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।
त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेकपाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रामाणिकरूपमा उद्घाटित गरेकोछ।
समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपालीभाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगदराशी रसम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ ।
पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्यरचना' लाई प्रदान गरिएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।
