Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लघुकथा : नरेशकी स्वास्नी ✍️ मञ्जुश्री

लघुकथा : नरेशकी स्वास्नी ✍️ मञ्जुश्री

नेप्लिज डायस्पोरा

१३, पौष २०८०
images
लघुकथा : नरेशकी स्वास्नी    ✍️ मञ्जुश्री

 " नन्दा मेडम ! अध्यक्षलाई सही गर्न लगाइदिनुस् है, माइनेट बिर्सिनु होला । फोन स्विच अफ रहेछ । तपाईंको घर नजिक भएकाले अनुरोध गरेँ ।" बिहानै हेडसरले फोनबाट अह्राउनुभो ।


त्यसपछि बारीबाट एउटा लौका र एक किलो जति टमाटर टिपेर निस्किएँ । 

सरासर सिढीँ उक्लिँदा, गुनगुन आवाज सुनियो, स्पष्टसित," नन्दा ...!! " नै भनेको सुन्छु । अलि कान थापेर सुन्ने कोशिस गरेँ, "तिमी त भाटे !, दाउरी !! भन्थ्यौ छोरालाई बिहे गरौं भन्दा...।" अध्यक्ष बुबाले भन्दै हुनुहुन्थ्यो, "कति जाँगर हौं त्यो नन्दाको, घरको काम, जागिर, फूलबारी, बारीका तरकारी, लसुन प्याज वर्ष दिन खान पुग्छ रे । लोकल गाई रहेछ घरमा दुध पनि खान पुग्ने छ रे । बट्टाई पनि पालेको रहेछ । कति लच्छिनकी हो । मान्छे पनि राम्री भलाद्मी छ । तिम्री बुहारी र भने भातैमा के के न गरे जस्तो ।

"भाग्यमानी र'छ मोरो नरेसे पनि ।"

"कत्ति त्यो नरेशकी स्वास्नीको मात्रै कुरा गर्नुहुन्छ ? आउँछे भने ल्याउनु क्या । पूजै गरेर राखेपनि छेक्न सकिँदो रहेनछ बाबै यी लोग्ने मान्छेका जातलाई ?"

आमाको जवाफ थियो ।

 

- बिराटनगर ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १४:२८:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend