Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सन्दीप लामिछाने दोषी ठहर

सन्दीप लामिछाने दोषी ठहर

रोशनबहादुर सिंह

१४, पौष २०८०
images
सन्दीप लामिछाने दोषी ठहर

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने दोषी ठहर भएका छन् । गौशाला २६ ले उनी विरुद्ध दिएको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् ।

गत वर्षको भदौ ५ गते गौशालाको होटेलमा आफूलाई बलात्कार गरेको भन्दै गौशाला २६ (परिवर्तित नाउँ)ले प्रहरीमा किटानी दिएकी थिइन् । भदौ २१ गते उनीविरुद्ध गौशाला प्रहरीमा किटानी जाहेरी पर्दा सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न गएका थिए । पछि काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - ०१:४०:३६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend