Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

हेप्पी न्यू इयर (लघुकथा) ✍️ फिराक गोर्खाली

हेप्पी न्यू इयर (लघुकथा) ✍️ फिराक गोर्खाली

नेप्लिज डायस्पोरा

२३, पौष २०८०
images
हेप्पी न्यू इयर  (लघुकथा)    ✍️ फिराक गोर्खाली

साँझको बेला साइँला हातमा ठूलो कढाई बोकेर आउँदै थियो ।

"कहाँदेखि हो भाइ ?"

"हेप्पी न्यू इयर दाइ !! नयाँ सालको पहिलो दिन पिकनिक खाएर आको । सालको पहिलो दिन तपाईँले के गर्नु भयो त ?"

"के गर्नु भाइ मात्र क्यालेन्डर फेरेँ " "पात्रो त वैशाखमै फेर्ने हो ।" 

" हैट! दाइ किन नकारात्मक भएको नि ?" 

 "बाँचुन्जेलसम्म कम्ती दुःख छ ?  दुःख र द्वन्दले भरिएको छ संसार । "

"बेलाबेला साथीभाइसँग हाँसखेल पनि गर्नु पर्छ ।"

साइँला बाटो लाग्दै गम्भीर हुँदै भन्दै थियो, " दाइ हामीले आफ्नो माझ द्वन्द गर्न स-साना कुरामा निहुँ खोज्छौँ तर मिलेर हाँसखेल गर्न एउटा दिनको निहुँ पर्दा चै आपत्ति किन् ?

-पासीघाट, अरुणाचल प्रदेश

भारत ।

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १९:५३:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend