Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

धन कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

धन कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

images
धन कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

 

काठमाडौं । दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको सहयोगमा नेपाल फर्किएका छन् ।

 

यूएईमा दुई वर्षदेखि काम गर्दै आएका ३५ वर्षीय लिम्बु दुई महिनाअघि शौचालयमा चिप्लिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाँच्चिएको थियो । आर्थिक अभावकै कारण उनको उपचारमा समस्या भएको थियो ।

साथीभाइको सरसहयोगबाट उपचार गराएका उनलाई अस्पतालबाट डिस्चार्ज भएपछि स्वदेश फर्काउन समेत आर्थिक समस्या भएको थियो । एनआरएनए यूएईका प्रवक्ता रुद्र थापाले आर्थिक संकलन गरी उनलाई नेपाल पठाइएको बताए ।

 

एनआरएनए उपाध्यक्ष तथा राहत उद्धार समितिका संयोजक भीम मल्ल ठकुरीका अनुसार आर्थिक अवस्था निकै नाजुक रहेको र हालसम्म काम गरी कमाएको रकम पनि उपचारमै खर्च भएकाले उनले हवाई टिकट काटी नेपाल जानका लागि सहयोग गरिदिन एनआरएनमा निवेदन दिएका थिए ।

 

निवेदन आएपछि एनआरएनए यूएईका अध्यक्ष विकास शाही, उपाध्यक्ष तथा राहत उद्धार संयोजक ठकुरीले वास्तविक पीडित ठहर गरेर नेपालसम्म जानका लागि हवाई टिकट उपलब्ध गराएको प्रवक्ता थापाले बताए ।

 

पछिल्लो समय एनआरएनए यूएईको निर्वाचनबाट नयाँ टिम निर्वाचित भएसँगै राहत तथा उद्धार समितिले आपतमा परेका नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने कार्यलाई तीव्रता दिएको राजधानी दैनिकले छापेको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १८:२४:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend