जीतेन्द्र राणा
यहाँहरु सबैलाई यस बर्षको ट्याक्स सिजन २०२४ गत जनवरी २९, सोमबार बाट आधिकारिक रुपमा सुरु हुने जानकारी गराउन चाहन्छौं र यस बर्षको ट्याक्स फाइल गर्ने डेडलाइन अप्रिल १५, सोमबार सम्म रहेको आइआरयसले प्रकाशित गरेको सुचनामा उल्लेख छ।
प्रिय करदाताहरू, यो समय फेरि तपाईंहरुको २०२३ को आम्दानी र खर्चहरुको कागजात सङ्कलन गर्ने र ट्याक्स रिटर्न २०२३ फाइल गर्नतयार हुने समय हो।
संयुक्त राज्य अमेरिकामा कर सिजन सामान्यतया जनवरीको मध्यतिर सुरु हुन्छ र अप्रिल १५ सम्म रहन्छ। यो डेडलाइन करदाताहरुले अघिल्लो वर्षको लागि आफ्नो संघीय आयकर फाइल गर्ने अन्तिममिति हो। करदाताहरुले ट्याक्स फाइल गर्न ६ महिना समय विस्तार गर्न अनुरोध गर्न सक्छन्, तर यसले कुनै पनि कर तिर्ने समय विस्तार गर्दैन। थप जानकारीको लागि आन्तरिक राजस्व सेवा (IRS) वा कर व्यवसायीसँग परामर्श गर्न र https://www.irs.gov/ मा गईनवीनतम कर, कानून र नियमहरूको पालना गर्न सिफारिस गरिन्छ।
कर कुनै पनि सरकारको आम्दानीको प्रमुख स्रोत हो, र अमेरिकामा कसैले पनि आफ्नो जीवनभर कर छल्न सक्दैन। यहाँ धेरै प्रकारका करहरू छन्: आयकर, बिक्री कर, सम्पत्ति कर, अन्तःशुल्क कर, उपभोग कर, सम्पत्ति कर, प्रयोग कर र यस्तै यस्तै।
विकिपिडियाले लेख्छ, “कर (ल्याटिन शब्द 'ट्याक्सो' बाट आएको) एक अनिवार्य वित्तीय शुल्क वा कुनै अन्य प्रकारको शुल्क हो जुन करदाता (एकव्यक्ति वा अन्य कानूनी संस्था) ले स्थानीय तथा संघिय सरकारको विभिन्न सार्वजनिक खर्चहरू संचालन गर्नको लागि आफ्नो आम्दानीबाट केहि भाग तिर्नुपर्ने हुन्छ। संघीय आयकर संयुक्त राज्यको आन्तरिक राजस्व बिभाग (IRS) द्वारा व्यक्ति, निगम, ट्रस्ट र अन्य कानूनी संस्थाहरूको वार्षिक आयमा लगाइने कर हो। त्यसैगरी हामीले आफु बसेको, काम गरेको राज्य, सहर र स्थानीय सरकारहरूलाई पनि कर तिर्नु पर्छ।
हामी सबैले कर कटौती र रोजगार ऐन २०१७ (TCJA) र CARES ACT २०२१ बाट अद्यावधिक गरिएका प्रावधानहरूमा आधारित भएर हाम्रो २०२३ को ट्याक्स रिटर्न फाइल गर्दैछौं। TCJA ले ज्याला, लगानी, व्यापार आयमा करका दरहरू घटाएको थियो र कर्पोरेट करको दरलाई २१% मा घटाएको थियो।
§ 2023 Tax rate schedule for 7 tax brackets:
|
Single Individuals (other than Qualifying Surviving Spouses and Heads of Households) |
|
|
If Taxable Income Is: |
The Tax Is: |
|
Not over $11,000 |
10% of the taxable income |
|
Over $11,000 but not over $44,725 |
$1,100 plus 12% of the excess over $11,000 |
|
Over $44,725 but not over $95,375 |
$5,147 plus 22% of the excess over $44,725 |
|
Over $95,375 but not over $182,100 |
$16,290 plus 24% of the excess over $95,375 |
|
Over $182,100 but not over $231,250 |
$37,104 plus 32% of the excess over $182,100 |
|
Over $231,250 not over $578,125 |
$52,832 plus 35% of the excess over $231,250 |
|
Over $578,125 |
$174,238.25 plus 37% of the excess over $578,125 |
|
Married Individuals Filing Joint Returns and Qualifying Surviving Spouses |
|
|
If Taxable Income Is: |
The Tax Is: |
|
Not over $22,000 |
10% of the taxable income |
|
Over $22,000 but not over $89,450 |
$2,200 plus 12% of the excess over $22,000 |
|
Over $89,450 but not over $190,750 |
$10,294 plus 22% of the excess over $89,450 |
|
Over $190,750 but not over $364,200 |
$32,580 plus 24% of the excess over $190,750 |
|
Over $364,200 but not over $462,500 |
$74,208 plus 32% of the excess over $364,200 |
|
Over $462,500 but not over $693,750 |
$105,664 plus 35% of the excess over $462,500 |
|
Over $693,750 |
$186,601.50 plus 37% of the excess over $693,750 |
§ Standard Deduction has been increased after inflation adjustment.
|
Filing statuses |
Standard Deduction |
|
Single |
$ 13850 |
|
Married Filing Jointly |
$ 27700 |
|
Married Filing Separately |
$ 13850 |
|
Head of Household |
$ 20800 |
|
Qualifying Widower with Dependent |
$ 27700 |
तपाईंहरुको बार्षिक कर निर्धारण गरि आइआरयस(IRS)मा फाइल गर्नकोलागि निम्न कागज पत्रहरु संकलन गर्न जरुरि हुन्छ।
• SSN, स्टेट आईडी, पूरा नाम, ठेगाना र जन्म मिति
• W2s, 1099s, W2G र कुनै पनि आम्दानी मार्फत प्राप्तफारमहरू
• तपाईंले IRS वा जागिरबाट प्राप्त गर्नुभएको कुनै पनिफारमहरू
• स्वास्थ्य बीमा कभरेज प्रमाण, 1095A, B वा C
• तपाईंले २०२३ मा तिर्नुभएको कर, अनुमानित कर तिरेको भए त्यसको निस्सा,
• स्व-रोजगारको आम्दानी (जस्तै उबर, लिफ्ट, ट्याक्सी, सानाब्यबसाय) र खर्च रसिद वा जर्नल,
• ट्याक्स तिर्न वा रिफण्ड जम्मा गर्नको लागि बैंक राउटिंग र खाता नम्बर,
थप जानकारीको लागि आफ्नो नजिकैको ट्याक्स अफिस वा ट्याक्स प्रोफेशनलहरुलाई सम्पर्क गर्नुहोला। अहिले विभिन्न अनलाइन ट्याक्स सफ्टवेयर प्रयोग गरेर पनि आफै आफ्नो ट्याक्स फाइल गर्न सकिन्छ तर तपाईंहरुलाई कर सम्बन्धि सामान्य जानकारी छैन भने तपाईंले गल्ति गर्ने सम्भावना धेरै हुन्छ। त्यसैले थप जानकारीको लागि आफ्नो नजिकैको ट्याक्स अफिस वा ट्याक्स प्रोफेशनलहरुलाई सम्पर्क गर्नुहोला। अमेरिकाभरि धेरै स्थानमा नेपाली ब्यबसायीहरुले संचालन गरेको ट्याक्स अफिसबाट वा उहाँहरुलाई ईमेल बाट सम्पर्क गरि ट्याक्स सम्बन्धि सेवा सुबिधा आफ्नै भाषामा बुझेर लिन सकिन्छ।
*Sources: IRS.gov and various online resources
(जितेन्द्र 'जितु' राणा, अमेरिकाको सिकागोमा बस्नुहुन्छ । ट्याक्स सम्बन्धि काम पनि गर्नुहुन्छ । थप जानकारीका लागि उहांलाई सम्पर्क गर्नुहोला ।)
Jitendra Rana, EA
JJ Tax and Accounting Inc
Chicago, IL
