Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

यू-१९ बिश्वकपःनेपालको लगातार दोस्रो हार

यू-१९ बिश्वकपःनेपालको लगातार दोस्रो हार

रोशनबहादुर सिंह

११, माघ २०८०
images
यू-१९ बिश्वकपःनेपालको लगातार दोस्रो हार

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ । समूह डीमा रहेको नेपाल बुधबार भएको खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको नेपाल अर्को चरणमा पुग्नका लागि अब अफगानिस्तानसँगको नतिजा कुर्नु पर्ने छ । यो समूहबाट न्युजिल्याण्ड र पाकिस्तानले भने अर्को चरणको यात्रा तय गरेका छन् ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर, नेपाली ब्याटर चल्न नसक्दा ठूलो स्कोर भने गर्न सकेन । नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रनमात्रै बनाउन सक्यो । 

अर्जुन कुमाल ६ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किए । विपिन रावललार्य साथ दिएका आएका कप्ता देव खनाल केही बेर टिके पनि २३ रन बनाएर आउट हुँदा नेपालले १७.१ ओभरमा ३ विकेट  गुमाएर ८० रन बनाएको थियो ।

त्यसपछि चौथो विकेटका रुपमा उत्तम मगर ४ रन जोडेर फर्किए । ९६ रन बनाउँदा नेपालले पाँचौं विकेट गुमाएको थियो । पाँचौं विकेटको रुपमा सर्वाधिक रन बनाएका विपिन रावल आउट भए । उनले ६८ बल खेल्दा १ छक्का र ४ चौकाको मद्दतले ३९ रन जोडेका थिए । भरपर्दा खेलाडी गुलसन झाबाट नेपाली टोलीले ठूलो अपेक्षा राखेको थियो । तर उनले पनि निराश बनाए । छैटौं विकटको रुपमा उनी आउट हुँदा नेपालले ३७.२ ओभरमा १२७ रन बनाएको थियो ।

गुलसनले ४७ बल खेलेर १८ रन बनाएका  थिए । दिपेश कँडेल १३ रन बनाएर आउछ भए । दीपक डुम्रेले २६ रन जोडेर आउट हुँदा नेपालको स्कोर १७२ रन पुगेको थियो । दीपक आठौं विकेटको रुपमा आउट भएका थिए । नवौं विकेटको रुपमा सुवास भण्डारीले २० रन जोड्दा आकाश चन्दले १६ रनको नटआउट पारि खेले । अन्तिम बल फेस गरेका दुर्गेश गुप्ता खाता नै नखोली अन्तिम विकेको रुपमा आउट हुँदा नेपालले निर्धारित ओभरमा सवै विकेट गुमाएर १९७ रन बनायो ।

पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिँदा  उविद साह र अहमेद हुसेनले दुई दुई विकेट लिए ।

जवाफमा पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । 

पाकिस्तानका शामयल हुसेन र सहजइब खानले ३७–३७ रन बनाउँदा अजान अविसले नटआउट ६३ रनको अर्धशतकीय पारि खेल्दै सहजै जित दिलाए । यसैगरी अहमद हसनले २९ रन बनाउँदा हारोन अर्सदले १५ रन नट आउट बनाए । 

नेपालका आकाश चन्दले २ विकेट लिँदा सुवास भण्डारी र आकाश त्रिपाठीले एक एक विकेट लिए 

images
प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ०२:४८:०२ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend