Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीलाई एक्जिट भिजा

साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीलाई एक्जिट भिजा

नेप्लिज डायस्पोरा

११, माघ २०८०
images
साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीलाई एक्जिट भिजा

साउदीमा गैरकानुनी रूपमा रहेका ९२ जना नेपालीले एक्जिट भिजा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिजा (एक्जिट भिजा)को प्रक्रिया गरिएमध्ये ९२ जनाको एक्जिट भिजा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिजा लागेको म्यासेज आएको छैन भने दूतावासमा आएर आफ्नो एक्जिट भिजाको पेपर लिएर लिएर जान दूतावासले अनुरोध गरेको छ । एक्जिट भिजा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिन दूतावासमा आइरहनु नपर्ने जनाएको छ ।

एक्जिट भिजा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत एक हलाला पनि कहीं कतै बुझाउनुपर्दैन । तर, एक्जिट भिजा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ । एक्जिट भिजा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिजाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । तर, एक्जिट भिजा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

साउदीमा करिब ११ हजारभन्दा बढी नेपाली गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ ।

images
प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ११:३८:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend