Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

केशब शर्माको सभापतित्वमा जय नेपाल फाउण्डेशन मेरिल्याण्ड गठन

केशब शर्माको सभापतित्वमा जय नेपाल फाउण्डेशन मेरिल्याण्ड गठन

नेप्लिज डायस्पोरा

१२, माघ २०८०
images
केशब शर्माको सभापतित्वमा जय नेपाल फाउण्डेशन मेरिल्याण्ड गठन

अमेरिका,  मानब अधिकार, अभिव्यक्ति स्वतन्त्रता, तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरुको अमेरिका, मेरिल्याण्डमा सम्पन्न एक  भेलाले  जयनेपाल  ईन्टरनेशनल फाउण्डेशनको मेरिल्याण्ड च्याप्टर गठन गरेको  छ ।

 

अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने नेपाली कांग्रेसमा आस्थावानहरु मध्येबाट गठित सो समितिको अध्यक्षमा केशव शर्मा रहेका छन । शर्मा नेपाल बिधार्थी संघ हुंदै नेपाली कांग्रेसको राजनीतिमा लामो समय देखि सक्रिय रहंदै आएका थिए।

 

नेपालमा रहंदा तत्कालीन बाग्लुंग जिल्ला विकास समितिको लेखा अधिकृतको रुपमा कार्यरत शर्मा सन् २००९ मा आफ्नो परिवार सहित अमेरिका गएर मेरिल्याण्डमा बसोबास गर्दै आईरहेका छन ।

 

शर्माको संयोजकत्वमा गठित मेरिल्याण्ड च्याप्टरको सचिवमा अतिश मण्डल र सदस्यहरुमा विशन पण्डित, अतुल ढकाल, प्रकाश पौडेल, विष्णु विष्ट र झविन्द्र वेलवाशे रहेका छन । समितिको सल्लाहकार सहित अन्य केही पदमा मनोनयन गर्न बाँकी रहेको बताईएको छ ।

 

डा यादव पण्डित अध्यक्ष् बनेर गठन गरिएको जयनेपाल इन्टरनेसनल फाउण्डेशनको यस अगाडी पनि अमेरिकामा विभिन्न  च्याप्टर हरु गठन गरिएको छन् ।

 

जसअनूसार फाउण्डेशनको कोलोराडो च्याप्टरमा कुमारजंग कार्की, फ्लोरिडा च्याप्टरमा बिकाश देबकोटा, केन्टकी च्याप्टरमा दिवाकर भट्ट,  विस्कान्सिन च्याप्टरमा गोविन्द श्रेष्ठ, नर्थन क्यालिफोर्निया च्याप्टरमा यादव प्रसाद ढकाल र सिकागो च्लायाप्इटरमा खेम पन्थीलाइ  अध्यक्ष् बनाइएको छ र उनीहरुको अध्यक्षतामा समिति गठन गरिएको छ 

 

यसको साथै जयनेपाल फाउण्डेशनको नेपाल च्याप्टरमा बद्रि प्रसाद अर्याल, हंगकंग च्याप्टरमा कुलप्रसाद गुरुङ र अस्ट्रेलिया च्याप्टरमा दिल्ली बन्जाडेको अध्यक्षतामा समिति बनाइएको छ ।

 

जयनेपाल इन्टरनेसनल फाउण्डेशनक अध्यक्ष डा यादब पण्डितका अनुसार मानब अधिकार, अभिव्यक्ति स्वतन्त्रता, तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरुको यो समूहले आफ्ना गतिबिधिहरु नेपाल भित्र र विभिन्न मुलुकमा समेत गरिनेछ ।

images
प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - २०:२३:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend