Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

नेप्लिज डायस्पोरा

१८, माघ २०८०
images
मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८०  हिन्दू बुद्ध मन्दिर– श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

 

विष्णु शर्मा 

मेरिल्याण्ड (बल्टिमोर)

हिन्दू–बुद्ध मन्दिर, मेरिल्याण्ड एवं वरपर क्षेत्रमा बसोवास गर्ने र सनातन दर्शनमा विश्वास राख्नेहरुकोे आस्थाको साझा थलो हो । मन्दिरलाई साकार रुप दिन सन् २०१७ मा यस क्षेत्रका हजारौ परोपकारी मनहरुले साथ दिनु भएको थियो । मन्दिरप्रति अगाध श्रद्धा भएका अनुयायीहरुले आफ्ना घर धितोमा राखेर मन्दिरलाई सघाउनु भएको थियो । यस सन्र्दभमा मन्दिरको सहयात्रामा तन मन र धनले सेवा गर्नेहरु सधै बन्दनीय, प्रसंसनीय हुनुहुन्छ ।

मन्दिर यात्राः 

मन्दिरको यात्रा गन्तव्यमा पुगी सकेको छैन । मन्दिरलाई स्थानीय नेपाली, भारतीय र अन्य समुदायले हरेक तह र तप्कामा माला जस्तै गासिएर साथ दिइरहनु भएको छ । निरन्तर चलिरहेको यस यात्राका अनुभव भने तितामीठा छन् । यात्रारत पाइलामा धेरै पटक ठेस लागेका छन् । थुप्रै चुनौतिहरुको सामना गर्नुपरेको छ । मन्दिरयात्रा निरन्तर छ । 

अनि, भनिन्छ, तिमी चिताउ म पुर्याउछु भन्छन् श्रृष्टिकर्ता । पहिलोपटक श्रीमद्भागवत महायज्ञ सन् २०१७ मा सफलताका साथ सम्पन्न भयो । त्यस महायज्ञमा मन्दिरलाई दिने बाचा गरेको दान अधिकांश उठीसकेको पनि छ । कानुनले भेदभाव नगरे पनि छिमेकीको असहयोग हुदा मन्दिरको यात्रामा कानुनी प्रक्रियामा लामो समय र खर्च  भयो । अन्ततः मन्दिरका लागि स्वीकृती प्राप्त भयो । सार्वजनिक स्थल बनाउन आवश्यक पर्ने अन्य परमिटहरुको स्वीकृती लिने कार्य सम्पन्न भएको छ । (यसबारेमा थाहा पाउन मन्दिर कार्यसमितिका कोषाध्यक्षसग सम्पर्क गर्न सकिने छ ।) मेरिल्याण्ड राज्यमा रहेका नौ वटा मन्दिरमध्ये बाल्टिमोर काउन्टिको यो पहिलो मन्दिर हो  । 

मन्दिरलाई धन दिने दातासगै वर्षमा हजौरौ घण्टा समय दिने परोपकारी स्वयमसेवकको साथ उत्तिकै स्वागत योग्य छ । स्वयमसेवा आफैमा पुण्ड्य कर्म मानिन्छ । समयलाई पैसामा तुलना गरिने ठाउमा हजारौ घण्टा स्वयसेवा अतुलनीय छ । 

खुशीको कुरा, सन् २०२३ यता भने मन्दिरमा आउने भक्तजनहरुको सहयोगबाट मन्दिरको खर्च चलेको छ । त्यसो हो भने अब मन्दिरलाई अर्थको खाचो छैन ? होइन ।  अझै गर्नुपर्ने काम धेरै बाकी छन् । जस्तैः मन्दिरको आफ्नै भवनको ऋृण, मूर्ति स्थापना, पार्किङ व्यवस्थापन गर्ने स्थान, मूलद्धार, नेपाली भाषा, संस्कृति पठनपाठन स्थल , जेष्ठ नागरिकका लागि वस्ने स्थान, खेल मैदान बनाउने लगायतका कामहरु । 

अतः मन्दिरका बाहय र आन्तरिक संरचनाहरुलाई सम्पन्न गर्न अर्थ संकलन गर्ने उद्देश्यले यही आउदो मार्च महिनाको ३० देखि अप्रिलको ६ तारिखसम्म मन्दिर परिसरमा मेरिल्याण्ड आध्यात्मिक महोत्सव २०८० श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको छ  । यस अनुष्ठानलाई सम्पन्न गर्न आदरणीय वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले नेतृत्व लिनु भएको छ । यस महायज्ञलाई मेरिल्याण्डबासी, यस वरपरका राज्यहरुमा बसोबास गर्ने नेपाली समुदाय एवं सनातन दर्शनमा विश्वास राख्नेहरुको साथ सहयोग अपरिहार्य छ । 

अतः श्रीमद्भागवत महायज्ञ व्यवस्थापनार्थ, मूल आयोजक समिति, कार्यसमिति, कार्यव्यवस्थापन समिति, उपसमितिहरु गठन भएका छन् । जस्तैः पूजा व्यवस्थापन, कलशयात्रा, सरसफाई, पानी, प्रसाद व्यवस्थापन, टेन्ट व्यवस्थापन., पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन लगायतका विविध समितिहरु बनाइएका छन् । यीमध्ये कुनै पनि समितिमा बसेर आफूले जानेको सेवा गर्न सकिने छ ।  मन्दिर हामी सबैको हो । समितिमा जोडिन बाकीहरुलाई हार्दिक निमन्त्रणा छ । 

यस पटकको श्रीमद्भागवतमा अन्य धार्मिक अनुष्ठानहरु गर्न सकिने व्यवस्था गरिएको छ । उदाहरणका लागि ब्रतबन्ध, तुलादान, बेलविवाह, पितृउद्दार एवं लाखवत्ती प्रज्जवलन कार्यहरु गर्न सकिने छ ।  यस महायज्ञमा आफूले चाहेको अनुष्ठान गरेर धार्मिक लाभ लिन सकिने छ । व्यक्तिगत रुपमा साप्ताह लगाउन अवसर नपाएकाहरुका लागि यो सुनौलो अवसर पनि हो । परोपकारी र सहयोगी मनहरुले महायज्ञको साताभरी आउने संकल्प गरी आफ्नो पात्रोमा चिनो लगाएर राख्नु हुन म मन्दिर स्वयंमसेविका यहाहरुमा यस रचनाद्धारा हार्दिक अनुरोध  पनि गर्दछु ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - १९:०६:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend