पाल्पा, माघ २३ ।
साहित्यिक चौतारी नेपालको गण्डकी
शाखाकी अध्यक्ष शाेभा खनाल काेइरालाको संयोजन तथा वरिष्ठ पोखरेली साहित्यकार भरत आचार्यको प्रमुख आतिथ्यमा यही माघ २३ गते प्रविधी मैत्री अथवा भर्चुअल माध्यमबाट बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ ।
निमा पौडेल तिवारीको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कवि गोष्ठीमा साहित्यकार माधव खतिवडाले तामाङ भाषामा, तेजबहादुर गुरुङले गुरुङ भाषामा, रञ्जिता भुसालले थारु तथा मगर भाषामा, अम्बि बिरकट्टा मगरले मगर भाषामा, शंकर ढकालले संस्कृत भाषामा आ-आफ्ना रचना वाचन गरी नेपाली भाषामा भावार्थ समेत सुनाउनु भएको थियो । शर्मिला सापकाेटाको सञ्चालनमा चलेको उक्त कार्यक्रममा
साहित्यकार प्रेम थापाले पञ्चाङ्ग, साहित्यकार आदित्य अधिकारीले गजल तथा संस्थाका सल्लाहकारहरू दुर्गा भुसालले मगर भाषामा, वरिष्ठ साहित्यकार शिव त्रिपाठी तथा रामहरि शर्मा ज्युले मन्तव्य सहित आ-आफ्ना रचना वाचन तथा साहित्यकार गोमविक्रमले 'मगर संस्कृति परम्परा र गरिमा' शीर्षक मगर भाषा सम्बन्धी आफ्नो अनुसन्धानमूलक पुस्तकको जानकारी सहित मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।