Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुख पाउन यूएई पुगेका एक नेपालीको ब्यथा

सुख पाउन यूएई पुगेका एक नेपालीको ब्यथा

नेप्लिज डायस्पोरा

२५, माघ २०८०
images
सुख पाउन यूएई पुगेका एक नेपालीको ब्यथा

संयुक्त अरब इमिरेट्स (यूएई)मा राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र त्यहाँ पुगेका इलामको माईजोगमाई–४ का सुकबहादुर लिम्बु नेपाल फर्किएका छन् ।

काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत् त्यहाँ पुगेका लिम्बु लामो समयदेखि बिरामी अवस्थामा थिए ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज २ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा बसिरहेका बेला सम्पर्क विभाग यूएई प्रमुख सुजन थापा र कानुनी सल्लाहकार प्रल्हाद पाठक अल खवानिजस्थित जे एफेम क्याम्पमा पुगेका थिए ।

त्यहाँ पुगेर पीडितको स्थिति बुझी आबुधावीस्थित नेपालीसमक्ष तुरुन्तै फोनमार्फत खबर गरेर र त्यसको भोलिपल्ट इमेलमार्फत दूतावास, वैदेशिक रोजगार विभाग काठमाडौं, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयसम्म निवेदन दिइएको थियो ।

दूतावासको समन्वयमा उनलाई दुई दिनअघि अल खवानिज जे एफेम क्याम्पदेखि दुबई विमानस्थल टर्मिनल २ सम्म पु¥याएर स्वदेश पठाइएको नेपाली सम्पर्क विभागले जनाएको छ ।

यसघि उनले सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै भनेका थिए, ‘म हाल १५ दिनदेखि अशक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैं उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन कसरी उपचार गर्ने ?’

यस्तै, सोही कम्पनीमा विगत चार महिनादेखि ड्युटी र तलब नपाएर बसेका अन्य नौ जनामध्ये दुई जना राजीव यादव र आयुस मुक्तानलाई पनि आवश्यक सहयोग गरी सोमबार नेपाल पठाइएको विभागले जनाएको छ ।

यसैगरी, डडेलधुरा घर भई हाल यूएई सारजहाको अल सज्जा बस्ने मीनबहादुर नेगीलाई पनि उद्धार गरी नेपाल फिर्ता पठाइएको छ । उनलाई पनि कम्पनीले काम पनि नदिएको र तलब पनि नदिएर करिब तीन महिनादेखि अलपत्र पारी राखेको अवस्थामा उद्धार गरी नेपाल पठाएको जनाइएको छ ।

images
प्रकाशित मिति :माघ २५, २०८० बिहिवार - ०२:२१:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend