लन्डन - बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायकपरामर्शदाता कम्पनी, जेनेस सलुशन, ले नाइजेरियामा आफ्नो कार्यालय खोलेकोछ।
"नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधिहबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो। संसारकै क्लाउड सेवा प्रदायकहरुउदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनिनाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ," जेनेससलुशन, का प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने। "नाइजेरियासरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथालगानी भित्र्याउन सहर गरि दिएकाले पनि गर्न हामीले नाइजेरियामा सहकार्य रव्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं।" उनले नाइजेरियामा कम्पनीस्थापना गर्न सहयोग गर्ने गैर आवासीय नेपालीहरुलाई पनि हार्दिक धन्यवाददिए।
जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाईडिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्शलगायतका सेवाहरु उपलब्ध गराउने छ।
"एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनुएउटा गौरवको कुरा हो। यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकीविश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै छभन्ने संदेश पनि दिएको छ," नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटेग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्षहिक्मत थापाले भने। उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तारगर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए।
जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटामुलुकहरुमा कार्यालय छन्।
(फोटो : Mundo ITAM)