Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्पेनको भ्यालेन्सिया अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

स्पेनको भ्यालेन्सिया अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०८०
images
स्पेनको  भ्यालेन्सिया  अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

 

स्पेनको भ्यालेन्सिया सहरमा दुईवटा जोडिएको अपार्टमेन्टमा ठूलो आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। १९ जना बेपत्ता छन्।

 

१४ तले ब्लकमा लागेको आगो छेउको भवनमा फैलिएको थियो। सार्वजनिक तस्बिर र भिडियोमा आपतकालीन सेवाहरूले भवनबाट मानिसहरूलाई उद्धार गरिरहेको देखिएको थियो।

 

भवनमा अत्यधिक ज्वलनशील क्ल्याडिङले आगो तीव्र गतिमा फैलिएको समाचारमा उल्लेख छ। भवनका १३८ फ्ल्याटहरूमा ४५० परिवार बस्दै आएका थिए। २० भन्दा बढी दमकल टोलीले आगो नियन्त्रणमा लिएका थिए।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०७:२३:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend