Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

उच्च अदालतका दुई न्यायाधीश बर्खास्त

उच्च अदालतका दुई न्यायाधीश बर्खास्त

नेप्लिज डायस्पोरा

१४, फाल्गुण २०८०
images
उच्च अदालतका दुई न्यायाधीश बर्खास्त

काठमाण्डौ – न्यायपरिषद्को बैठकले खराब आचरणको आरोप लागेका उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । हिजो बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै २ करोड घुस डिलको अडियो टेप प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइरालालाई भने निगरानीमा राख्दै परिषद्ले चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । बर्खास्तीका परेमा जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला २०७८ चैत १४ गतेदेखि जिम्मेवारीविहीन बनाइएका थिए भने उच्च अदालत सुर्खेत मातहतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलिया केही समय अगाडि मात्रै सर्वाेच्च अदालत काजमा तानिएका थिए ।

न्याय परिषद्मा परेको उजुरीमा थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको उल्लेख थियो । कारबाही गर्नु पहिले न्यायपरिषद्ले सफाइ पेस गर्न अन्तिम मौकास्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि हिजोको न्याय परिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलियाको काम गरेको पुष्टि भएको उल्लेख छ । न्यायाधीश श्रेष्ठ नेतृत्वको जाँचबुझ समितिले गत वर्ष नै बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया बनेर मुद्दाका पक्षबाट ठूलो रकम उठाउने गरेको औँल्याएको छ । यस्तै निरौलाले अपहरण तथा शरीर बन्धकसम्बन्धी एक मुद्दामा अपहरणकारीलाई उन्मुक्ति दिने फैसला गरेपछि छानबिनका लागि न्याय परिषद् तानिएका थिए ।

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

https://youtu.be/-nOYsZW0UEg?feature=shared

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - २२:५४:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend