Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बैदिक सनातन धर्ममा १०८ संख्या, धार्मिक / बैज्ञानिक महत्व: -लक्ष्मण ज्ञवाली

बैदिक सनातन धर्ममा १०८ संख्या, धार्मिक / बैज्ञानिक महत्व: -लक्ष्मण ज्ञवाली

नेप्लिज डायस्पोरा

४, चैत्र २०८०
images
बैदिक सनातन धर्ममा १०८ संख्या, धार्मिक / बैज्ञानिक महत्व: -लक्ष्मण ज्ञवाली

ब्रम्हाण्डको संरचना आफैमा आश्चर्यजनक र रहस्यमय छ। अझ संपूर्ण सृष्टिको अस्तित्व नै १०८ संख्यामा आधारित छ भन्दा झनै आश्चर्य लाग्दो रहेछ । यहि रहस्यलाई आत्मसात गरेर नै हाम्रो शास्त्रले,ऋषिमुनिहरुले र हिन्दू धर्मले हजारौ बर्ष देखि १०८ संख्यामा रुद्राक्ष आदिका मालाहरु,सोहि संख्यामा बेलपत्र, फुल र अन्य पुजा सामाग्रिहरु सहित पुजा, यज्ञ यज्ञादि धार्मिक कृयाकलापहरु गर्ने र संगै १०८ मंत्र जप गर्ने परंपरा बसालेका रहेछन । अझ आश्चर्यको कुरा बिज्ञान, ज्योतिष,गणित आदि सबैले उत्तिकै मान्दो रहेछ  ।

वास्तवमा हाम्रा अग्रज हरुले , गुरु पंण्डित हरुले यो १०८ संख्या अनुसार गरिने हरेक कार्यमा शुभ हुन्छ ,पुण्य हुन्छ , धर्म हुन्छ भनेर मात्र धार्मिक हिसाबले बताए रटाए तर अर्थ बताएनन ।एउटा उदाहरण लिउ,  गायत्री मंत्र लगायत अन्य बैदिक मंत्र हरुलाई एक माला वा १०८ पटक जप गर्नु भनियो  र हामी गर्दै आयौ । तर यो १०८ नै हुनु पर्ने किन ? यसमा घटिबढि किन नहुने ? यो संख्या काहाँबाट कसरी आयो ? यसको बैज्ञानिक आधार के हो ? हामीले पनि यस्ता

प्रश्न र जिज्ञासा राखिएन ।उनिहरुले  पनि यसको रहस्य,यसको कारण, यसको बिज्ञान,यसको गणित आदिको बारेमा केहि बुझाएनन सुझाएनन । हुन सक्छ आफैले नै भेउ पाएनन । त्यसैले यो सतही र सुगा रटाई मात्र भयो । अबको पुस्ताले हरेक कुरामा जिज्ञासा राख्छन तर्क गर्छन उनिहरुलाई बैज्ञानिक आधार चाहिन्छ नत्र मान्दैनन । नबुझेको कुरामा आकर्षण हुदैन सतही मात्र हुन्छ  तर बुझेर थाहा पाएर गरेको कामले छिटै फल दिन्छ ।

भनिन्छ, ब्रह्माण्ड (ब्रह्म +अण्ड) यो मनुष्य ,यो धर्ति अर्थात् खगोल देखि भूगोल सम्मका संपूर्ण भौतिक जगत ब्रह्माका अण्डा हुन ।यिनै अण्डा हरुको एकापसमा संबन्ध स्थापना गर्ने वा कनेक्ट गर्ने  १०८  नै हो । साथै वरको आत्मा देखि परको आत्मा परमात्मा सम्म जोडने अर्थात् दुबै अभौतिक तत्वलाई जोडने कनेक्टर पनि १०८ संख्या नै हो । यि दुबैको ईकाई पनि १०८ नै हो ।

यसरी ब्रम्हाण्डको जुन खगोलीय प्रणालीमा हामी रहन्छौ उसमा १०८ संख्या बहुत आश्चर्य लाग्दो  तर बिज्ञान संम्मत तरिकाले प्रकट भएको बताईएको  छ । यहाँ सम्मकि हाम्रो जीवन आधार नै यहि प्रणालीमा आधारित भएको कुरा उल्लेख गरिएको छ । 

मैले यस १०८ संबंधमा जानकारी नभएका हामी हरु जस्ता र बिशेष गरेर युवा पुस्तालाई जानकारी रहोस भन्ने अभिप्रायले केहि लिखित , मौखिक ,गुगल सर्च आदि संदर्भ सामाग्रिका आधारमा १०८ संबन्धी धार्मिक एवं बैज्ञानिक महत्वको बारेमा प्रस्तुत गरेको छु । यसमा थपघट, गल्ति वा सुझाबको अपेक्षा पनि राखेको छु ।

 

सुर्य, पृथ्बी र चन्द्रमा संग १०८ को संबन्ध :

 सुर्यको ब्यास(डायमिटर) को  १०८ गुणा सुर्य र पृथ्वी बीचको दूरी हुन्छ ।

त्यस्तै चन्द्रमाको ब्यास (डायमिटर) को १०८ गुणा चन्द्रमा र पृथ्वी बीचको  दुरी छ ।

 पृथ्वीको  ब्यास (डायमिटर) को १०८ गुणा सुर्यको ब्यास हुन्छ ।

पूर्ण सुर्य ग्रहणको समयमा चन्द्रमाले सुर्यलाई पुरै ढाकेको हुन्छ । भनिन्छ यसको बैज्ञानिक कारण चन्द्रमाको डायमिटरको पृथ्वी संगको  दुरीको १०८ रेसियोको कारणले नै हो ।

  ज्योतिष बिज्ञान र १०८ :

ज्योतिष बिज्ञान अनुसार कुल १२ प्रकारको राशी हुन्छन यसमा ९ ग्रह बिचरण गर्छन ।जब यि १२ राशीलाई ९ ले गुणन गरिन्छ तब १०८ संख्या आउछ ।यस प्रकार १२ राशीहरुमा हर ग्रह १०८ तरहले स्थापित हुन्छन । यो १०८ अंक किन शुभ मानिन्छ भने सबै १२ राशीमा ब्रम्हाण्डको ९ ग्रहको प्रभाव हमेशा बनिरह्को हुन्छ ।यसैमा हाम्रो ज्योतिष शास्त्र निर्भर हुन्छ ।यसैबाट जन्मकुंडली बनाईन्छ ।

संपूर्ण ब्रम्हाण्डको स्वरुप १०८ :

संपूर्ण ब्रम्हाण्डमा जम्मा २७ तारामंडल छन जसलाई नक्षत्र भनिन्छ ।यि सबै तारामंडलको ४ दिशा वा पद हुन्छ । यहाँ २७ नक्षत्रका ४ पद वा एक बर्षमा १०८ पद / बर्ष हुन्छ ।अर्थात् २७ ले ४ लाई गुणन गर्दा १०८ हुन्छ । यसप्रकार यो नंबरले संपूर्ण ब्रम्हाण्डको स्वरुप प्रदर्शित गर्छ ।

मानब शरीर र १०८ को संबन्ध 

योग बिज्ञानका अनुसार हाम्रो शरीरमा ७ वटा चक्रहरु छन जुन टाउको बाट सुरु भएर तल सम्म जान्छ । शरिरको केन्द्र भागमा मुटु चक्र रहन्छ जसलाई प्रेम चक्र पनि भनिन्छ । भनिन्छ मुटु चक्रमा १०८ वटा नाडि (उर्जा लाईन) हरु हुन्छन र सबै यहि आएर जोडिन्छन । यो सबैको उर्जा केन्द्र बन्दछ । 

आयुर्वेदका अनुसार हाम्रो शरिरमा १०८ मर्म  बिन्दु छन जसलाई दबाव बिन्दु (Pressure point) भनिन्छ, यिनै बिन्दु हरुमा दबाव दिएर बिना औषधि  रोग ठिक पार्ने काम गरिन्छ । यसैकारण रुद्राक्ष माला १०८ र मंत्र जप पनि १०८ तय गरिएको हुन्छ ।

मनुष्य शरीरको आन्तरिक तापमान १०८ डिग्री फरेनहाईट हुन्छ । यो नै शरीरको सहन सक्ने अन्तिम सिमा हो । यो भन्दा बढि हुनु भनेको मृत्यु हो ।

  ध्वनि/संगीत र १०८

भनिन्छ ध्वनि (Sound) अस्तित्वको संरचना हो तर शब्द मानसिक ढाचामा हुन्छ । किनभने ध्वनिले बिनाकुनै शब्द आसु,खुसि,हाँसो,आनन्द भावना ल्याउन सक्छ । त्यसैले ध्वनि अस्तित्व संग जोडिएको छ । शब्द र संगीत चाहि ध्वनि अनुसारको ब्यबस्था हो ।ध्वनिको कुनै भाषा हुदैन यो गणितमा ब्यबस्थित हुन्छ र संगीत बन्छ ध्वनिको कम बेसि फ़्रीक्वेंसीको ज्यामिति नै संगीत हो । भनिन्छ संगीत पनि १०८ प्रकारका हुन्छन ।यसमा जुनसुकै भाषाभाषिका मान्छे पनि  उत्तिकै आनन्दित हुन्छन। जस्तै शास्त्रीय संगीत ।संगीतको पुरै प्रणालि १०८ बाटै बिकसित भएको मानिन्छ ।

सबै ध्वनि मान्छेको कानले सुनिदैन । सब सोनिक र अल्ट्रासोनिक ध्वनि जुन 20Hz भन्दा कम फ़्रीक्वेंसीको हुन्छ त्यो सुनिदैन । भनिन्छ १०८ प्रकारका ध्यान योग गर्ने ध्यानी योगीहरुले मात्र यो अल्ट्रासोनिक आवाज़लाई सुन्न सक्छ ।

 हाम्रो शास्त्र अगाडि , बिज्ञान पछि पछि 

वास्तवमा भन्ने हो भने हाम्रा ऋषिमुनिहरुले आधुनिक बिज्ञानको जन्म नहुदै हजारौ बर्ष पहिल्यै ब्रम्हाण्डीय शौर्यमंडलको खोज अनुसंधान गरेका थिए । यि उपर्युक्त सबै १०८ संग संबन्धित कुराहरु बताएका थिए । शास्त्रमा पनि उल्लेख छ  । उनिहरुले यसैबाट ९ ग्रह हरुको घोषणा गरे । त्यसैबाट १२ राशी बनाए, ७ ग्रहबाट ७ बार बनाए ।यति मात्र होईन पृथ्वी र अन्य ग्रह र तारामंडलहरु  बीचको दुरी र यिनिहरुको ब्यास (Diameter) आदिको बारेमा खोज गरेका थिए र सहि आकलन गरेका थिए । जस्तै सुर्य वा चन्द्र माको ब्यास सुर्य र पृथ्वीको दुरी र यसको संबन्ध आदि १०८ नंबर संग भएको कुरा उतिबेलै बताएका थिए ।

यो पनि भनेका थिए कि मानव शरीरको संपूर्ण प्रणालीको भौतिक बिकास पुरा भै सकेको छ । जति गरेपनि शौर्यमंडल यो भन्दा बढि बिकास हुन दिदैन ।जबतक शौर्यमंडलमा कुनै बदलाव आउदैन तबतक मानव शरीरमा कुनै बदलाव आउन सक्दैन । यसरी मानव शरीरको संबन्ध प्रत्यक्ष रुपमा शौर्यमंडल संग भएको कुरा बताएका थिए ।जुन कुरालाई आधुनिक बिज्ञानले पनि यहि कुरा भन्न थालेको छ ।

भनिन्छ पछिल्ला दिनहरुमा न्युरोसाईनटिष्ट हरुले पनि यहि कुरा भन्न थालेका छन कि मानव मस्तिष्कमा उसको मौजुदा सिमा भन्दा बढि बिकास गर्न सकिदैन । उनिहरु भन्दै छन यो न्यूरोलजिकल सिद्धान्तको कारण होईनकि बरु धर्तिको भौतिक नियमको कारण हो ।यसलाई बिकसित गर्नु भनेको एउटा न्यूरोनको संख्या बढाउनु हो भने अर्को न्यूरोनको आकार बढाउनु हो ।तर यि दुबै संभव छैन ।कारण संख्या बढाएमा स्पष्टतामा कमि हुने , दिमाग कमतर हुदै जाने अबस्था आउने र आकार बढाएमा उर्जाको खपत निकै बढि हुने जसलाई दिमागले थेग्न नसक्ने अबस्था आउने ।त्यसैले आज न्यूरोसाईनटिष्ट हरुले पनि भन्न थालेका छन कि धर्तिको भौतिक नियम बिपरित मान्छेको दिमाग को बढि बिकास हुन सक्दैन ।बरु यसलाई बेहतर र राम्रो बनाउन सकिन्छ तर यसको संख्या र आकार बढाउन सकिदैन । यहि कुरा आदियोगि हरुले हजारौ बर्ष पहिले देखि नै भन्दै आएका थिए । 

१०८ र धार्मिक महत्व 

108  लाई ईश्वरको प्रतिक मानिन्छ । जस्तै 1 भनेको जो एउटै छ र परम सत्य छ ,0 भनेको जो पूर्ण छ र पूर्ण ज्ञान पनि हो , 8 भनेको जो अनन्त छ जसको न सुरु छ न अन्त्य छ । अर्थात् जो एउटै छ , जो परम सत्य छ र जो अनन्त छ । त्यो ईश्वर हो ।शास्त्रमा यसलाई सत्यं , ज्ञानम , अनन्तम नै ईश्वर हो भनिएको छ । 

धार्मिक पक्ष बाट हेर्ने हो भने सृष्टिकर्ता ब्रह्माको नाम नै ४ अक्षर बाट बनेको हुन्छ र यि ४ अक्षरको अंक जोडदा १०८ हुन आउछ।  जस्तै ब + र+ म + ह  यि ४ अक्षरमा नेपाली बर्णमाला अनुसार अंक दिदै गर्दा क्रमश २३+ २७ + २५ + ३३ = १०८  अंकले नै बनेको छ ।

हिन्दू धर्ममा ९ नंबरको महत्व छ र यसलाई ब्रह्मको प्रतिक मानिन्छ । १०८ को कूल जोड १+०+८ = ९ हुन्छ ।

हिन्दू धर्म अनुसार संस्कृत भाषामा ५४ बर्णमाला हुन्छ । हरेक एक अंकले स्त्री उर्जा र पुरुष उर्जाको प्रतिनिधित्व गर्छ अर्थात् शीब र शक्ति दुबै मानिन्छ । यसरी ५४ पुलिंग बर्ण र ५४ स्त्री लिंग बर्ण जोडिदा १०८ हुन आउछ ।

भनिन्छ भगवान शीब जब अत्यधिक प्रसन्न मुद्रामा वा अति क्रोधित मुद्रामा हुन्छन तब ताण्डव नृत्य सुरु गर्छन । यस्तो ताण्डव नृत्य बिभिन्न १०८ प्रकारको मुद्रामा वा भाव भंगिमा  हुने गर्छ ।

मान्छेका १०८ प्रकारका भावना ( Emotion) हुन्छन ति मध्ये ३६ भूतकाल, ३६ बर्तमान र ३६ भबिष्य संग जोडिएका हुन्छन । 

हिन्दू धर्ममा १०८ लाई धार्मिक हिसाबले धेरै पबित्र मानिन्छ । हाम्रा ऋषिमुनि हरुले ९ पुराण र १०८ उपनिषद लेखे , १०८ बिभिन्न धार्मिक शक्ति पिठहरु ,१०८ शीब लिंगहरु छन जसले धार्मिक महत्व राख्छन ।

हिन्दू धर्ममा गंगा नदीलाई सबै भन्दा पबित्र मानिन्छ । यि गंगा नदीको लंबाई चौड़ाईको आकलन गर्दा पाईन्छकि गंगाले १२ देशान्तर (७९-९१) को कोण बनाउछिन भने ९ अक्षांश २२-३१) को कोण बनाउछिन । यसरी १२ ले ९ लाई गुणन गर्दा १०८ हुन्छ ।

भनिन्छ मान्छेको औषत स्वास प्रस्वास २४ घण्टामा २१६०० पटक हुन्छ । दिनमा वा १२ घण्टामा १०८०० पटक हुन्छ । तर एक दिनमा १०८ पटक स्वास प्रस्वास गर्ने ब्यक्ति मुक्त पुरुष वा ईनलाईटमेण्ट भएको मानिन्छ ।

 बुद्ध धर्म र १०८

हिन्दू धर्ममा मात्र नभएर बुद्ध धर्ममा पनि १०८ लाई उत्तिकै अनौठो शक्तिको रुपमा मानिन्छ । भनिन्छ ब्यक्तिको भित्र १०८ प्रकारका भावना हरुले जन्म लिन्छन ।जापनीज संस्कृतिमा बौद्ध धर्मका अनुयायी हरुले नयाँ बर्ष मनाउदा बितेको  बर्षलाई अल बिदा भन्दै नब बर्ष आगमनको लागि मन्दिरको घण्टिलाई १०८ पटक बजाउछन साथै मन्दिरको सिँडिहरु १०८ कै संख्यामा ब्यबस्था गरी बनाएका हुन्छन ।

यसप्रकार १०८ को शक्ति हिन्दू धर्म,बुद्ध धर्म, पूर्बीय दर्शन आदिमा मात्र रोकिएको छैन । यो त यहाँ वहाँ जाहाँ ताहाँ सर्बत्र फैलिएको छ ।किनकि यो धर्म मात्र नभएर बिज्ञान,गणित, ज्योतिष, खगोल, भूगोल,आत्मा परमात्मा सबै संग जोडिएको एउटै नंबर भएको रहेछ । त्यसैले यसलाई आफुले मात्र बुझने र पालना गर्ने होईनकि नयाँ पुस्तालाई बुझाउन पनि उत्तिकै जरुरी छ ताकि उनिहरु स्वयं खोज अनुसंधान गरेर यसको जरा सम्म पुगुन र यसको रचनाकार सम्मको अनुभव गरुन ।

बाल्टिमोर, युएसए

images
प्रकाशित मिति :चैत्र ४, २०८० आइतवार - ०७:१५:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend