Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पोर्चुगलका नेपाली महिलाहरुले एक महिने ब्युटिशिएन तालिम लिए

पोर्चुगलका नेपाली महिलाहरुले एक महिने ब्युटिशिएन तालिम लिए

नेप्लिज डायस्पोरा

५, चैत्र २०८०
images
पोर्चुगलका नेपाली महिलाहरुले एक महिने ब्युटिशिएन तालिम लिए

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एकमहिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । 

आज मार्च १७ तारिख आईतबारको दिन एक औपचारिक कार्यक्रम  सहित सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल सम्बन्धि मेनिकेअर पेडिकेअर जेलिनो जेल र थ्रेडिङ गर्ने तरिकाको बारेमा सिक्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्का ज्यूले पोर्चुगलको नेपाली समाजमा एनआरएन ए पछिको दोश्रो ठुलो संस्थाको रूपमा स्थापित भएको नेप्लिज वोमन एशोसिएसनले निकै सराहनिय कामहरु गर्दै आएको र यसबाट एनआरएन ए ले पनि पाठ सिक्नु पर्ने भन्दै नेप्लिज वोमनले गरेका यस्ता कार्यहरुमा सहयोग गर्न तयार रहेको बताउनु भयो।

 त्यस्तै सहभागीहरू सिता थापा प्रतिमा अधिकारीले विदेशको ठाउँमा पनि यस्तो अवसर पाउँदा निकै खुसी ब्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनु भयो ।

संस्थाका संरक्षक निर्मला ढकाल प्रशिक्षक मिरा कार्की  लगायतले बोल्दै आत्मनिर्भर बन्न सहभागीलाई प्रेरित गर्नु भयो ।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीले बिदेशमा भाषा र सिप नहुँदा धेरै दिदीबहिनीहरु बेरोजगार बस्नु परेको कारण औल्याउँदै केही हदसम्म भएपनि सहयोग पुर्याउने उद्देश्यले बेरोजगार, नया आउनु भएका र अति ईच्छुक दिदीबहिनीहरूलाई प्राथमिकतामा राखेर तालिम संचालन गरिएको बताउनु भयो।

संस्थाका उपाध्यक्ष बिन्दु गौतमको स्वागत मन्तव्य,सदस्य कला पङ्गेनी को संचालन र संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारी ज्यु को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण कार्यसमिति साथीहरु र सहभागी साथीहरु सबैलाई हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौ । 

अध्यक्ष तथा नेप्लिज वोमन एशोसिएसन परिवार पोर्चुगल

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १९:२८:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend