सुन तस्करी छानविन बारे प्रहरिको अनुसन्धान फितलो भयो।विश्वास योग्य भएनन्।ठूला दोषी जोगाईयो।प्रहरी अनुसन्धान टुङ्गाउने निर्णय लिईयो।यसको सर्वत्र विरोध भयो।
तत्कालीन अवस्थामा एमालेले सुन तस्करि छानविन पुःन गर्न छानविन आयोग बनाउन माग गऱ्यो।बेल घेराउ गरि संसद अवरुद्ध गरियो।साथमा एमालेले निवर्तमान गृहमन्त्री नारायण काजी श्रेष्ठको राजीनामा पनि माग गऱ्यो।गृहमन्त्री नैतिकताको आधारमा राजिनामा दिन तयार भएनन्।एमालेको माग रजिनामा मात्र थिएन।
सरकार अन्तत सुन तस्करी पुःन अनुसन्धान गर्न छानविन समिती बनाउन तयार भयो। छानविन समितीले जरै सम्म पुगी अनुसन्धान गऱ्यो।समितीले अनुसन्धान गर्दा कृष्ण बहादुर महरा लगायत धेरै लाई जोगाईएको रहेछ।अहिले सबै कानुनी कठाघरामा छन्।त्यसले राम्रै गऱ्यो।
अहिले नेपाली कांग्रेसले रवि लामिछानेको नैतिकताको आधारमा राजिनामा र सुन तस्करी छानविन समिती जस्तै सहकारी ठगी छानविन समिती माग गर्दै संसदमा कुरा उठाएको छ। रवि लामिछाने दोषी छन् वा छैनन् भनि पुःन छानविन समितिले अनुसन्धान गरि रिपोर्ट दिनु पर्दछ।कानुनी राज्यको अगाडी सबै बरावरी छन्।कानुनी राज्यमा अनुसन्धानमा शंका लागे धेरै पटक हुनु पर्दछ ताकी निर्दोष नफसुन र दोषी नउन्किउन।
हिजो माओवादी कार्यकर्ताले,नेताले कृष्ण बहादुर महरा सफा छन् भन्दथे तर अनुसन्धान समितिले कृष्ण बहादुर महरा लगायतका नाम किटानी गऱ्यो।महरा पुःन अनुसन्धानको लागी समतिएका छन्।अरु पनि समातियलान्।
सहकारी ठगी संसदिय छानविन समिती गठन गर्न प्रचण्डको नेतृत्वको सरकार तयार नहुनु र रबि लामिछाने डराउनु दुबै पक्ष हेर्दा रबि लामीछानेले पनि केहि गड्वडी गरेका छन् वा पैसा बुझेका छन् वा ठगी गरेका छन् कि भन्ने प्रश्न चिन्ह खडा गरेको छ।
जसको बारेमा छानविन हुनु पर्ने हो, उनि नै गृह मन्त्री भएकोले सहकारी ठगी छानबिन स्वतन्त्र हुन सक्दैन कि भन्ने नेपाली कांग्रेस पार्टिको माग जायज देखिन्छ।
यसलाई अंग्रेजीमा Conflict of Interest भनिन्छ।यस्तो अवस्थामा प्राय विदेश अमेरिका USA,UK,Europe मा स्वतन्त्र छानविन वा अनुसन्धान लाई सहयोग गर्न Conflict of Interest का व्यक्तिले स्वत राजिनामा दिएर स्वतन्त्र छानविन कार्यमा सहयोग गर्ने प्रचलन छ /
रबि लामिछाने पटक पटक USA मा बसि त्यहाँको संसदीय पद्धती,अभ्यास र कानुनी राज्य बारे धेरै बकालत गर्दछन्,पटक पटक अमेरिकी संसदीय छानविन अभ्यास पूर्ण बुझेको छु भन्दछन् तर आफू माथी आरोप लाग्दा छानविन लाई सहयोग गर्न नैतिकताको आधारमा राजीनामा दिन पनि मान्दैनन् /
उता देशका प्रधानमन्त्री आफ्नो सरकार ढल्छकी भन्ने डरले रबि लामिछाने लाई पुःन अनुसन्धान गर्नु पर्दैन भन्दै आज संसदमा कुर्लेको देख्दा सर्वत्र लज्जीत बनाएको छ।
संसदीय छानविन समिती बनाई पुःन अनुसन्धानको बाटो खोल्न यत्रो USA को छानविन प्रक्रिया अभ्यास बुझेको रवि लामीछाने डराउनुले गंभीर प्रश्न चिन्ह खडा भएको छ।
रवि लामिछानेले के बुझ्न जरूरी छ भने संसदिय छानविन समिती गठन रवि लामिछाने लाई ठगी कारार गर्न बनाउने होइन,यो त केबल स्वतन्त्र अनुसन्धान गर्न बनाउने हो।
छानविन समितीले रबि लामिछाने चोखो छन भने त उनै लाई राम्रो हुन्छ।नत्र यो सहकारी ठगी प्रकरणले रबि लामिछाने लाई बर्षौं सम्म लखेट्नेछ।
मेरो विचारमा सत्ता राजनीतिको फोहोरमा लुटपुटिएर रबि लामिछानेले जुन संसदिय छानबिन समितीको इन्कार गर्दैछन् वा रबि लामिछानेको बारेमा अनुसन्धान हुनै सक्दैन भन्दै अटेर गर्दैछन्,यसले कानुनी राज्यको उपहास गरेको छ।त्यो वैकल्पिक राजनीतिको महाभ्रम हो।यो भ्रमले राजनीतिलाई अझ दूषित गर्छ,सङ्लो बनाउँदैनl
रवि लामिछाने जी,तपाईं मात्र स्याबासी चाहनुहुन्छ भने राजनीतिमा नआउनुहोस्।कुनै अन्यथा,राजनीतिमै हुनुहुन्छ भने आलोचना र प्रश्न सुन्न तयार रहनुहोस्।
संसदिय छानविन समिती फेस गर्नोस/अनुसन्धान लाई सहयोग गर्नोस।ठगीमा परिन्छ भनेर नडाराउनोस।राजनीतिमा आलोचना र प्रश्न स्वाभाविक मात्र होइन,अनिवार्य हुन्छ/
रबि लामिछाने माथि सहकारी ठगीमा संलग्न भएको भन्ने टिप्पणी, समर्थन, विरोध, प्रश्न र आलोचना स्वभाबिक छ।
रबि लामिछाने कदापी गल्ती गर्दैनन्,ठगी गर्दैनन् भन्ने आंकलन ध्रुव सत्य हुन सक्दैन । नेपालका प्राय नेताहरु बाहिर यउटा बोल्छन् तर भित्र अर्कै अर्कै गर्दछन्।यहाँ गाईको दुधले नुहाएको सग्लो पवित्र मानब कोहि छैन। आलोचना र प्रश्न नहुने हो भने लोकतन्त्र जीवन्त बन्दैन।
एक वर्षमा तीन पटक सत्तापक्ष र प्रतिपक्षको कित्ता फेर्नु भएको रवि लामिछानेको सत्ताकांक्षा,रविको त्रास र रविको महत्त्वाकांक्षा नभए रबि लामिछाने सहकारी ठगी छानबिन अनुसन्धानको दायरामा आउँदा किन डराउने ?
त्यसैले यो सहकारी गठी प्रकरण लाई निष्कर्षमा पुऱ्याउन रवि लामिछानेले रजिनामा दिंदा राम्रो देख्छु।नेपाली कांग्रेसले संसद्मा छानविन समिती बनाउन राखेको माग जायज छ।
स्नेही
लण्डन बाट