२१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टर द्वारा आयोजित "1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०" भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडोको डेन्भर स्थित प्राइम भलिवल एकाडेमीमा हिंजो मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको छ।
नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक सहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव "नेपालि मन" लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो। "ग्रुप A" र "ग्रुप B" बिभाजन गरि लिग चरणमा खेलाईएको खेल "ग्रुप A" बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप Runner UP, "ग्रुप B" बाट गोर्खाली ग्रुप बिजेता र TPLA ग्रुप Runner UP हुदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने दुवै टीमले सेमिफाइनलमा आफ्नो प्रतिद्वन्दी टिमलाई सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो ।

यस प्रतियोगिताको बेस्ट प्लेयर गोर्खालीका ओम प्रकाश मल्लले पाए भने बेस्ट सेटर नेपाली मनका गौ प्रसाद गुरुङले पाउन सफल भए। मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष श्री कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी मगर संघ अमेरिका केन्द्रिय समितिका सल्लाहाकार श्री लछुमन राना मगर, अतिथीमा मगर संघ अमेरिका केन्द्रिय समितिका पश्चिम क्षेत्र उपाध्यक्ष श्री टेक थापामा मगर र मगर संघ अमेरिका केन्द्रिय समितिका सदस्य केशब थापा मगर, संयोजक मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका बोनोद आले मगर रहनु भएको थियो।
अतिनै रोमान्चक र प्रतिस्प्रधात्मक रुपमा सम्पन्न खेलमा प्रथम हुने टिमलाई $१२००, ट्रफि, मेडल र प्रमाण पत्र र उप-विजेतालाई $६००, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै बेस्ट प्लेयर र बेस्ट सेटरलाईहौसला स्वरुप ट्रफि र प्रमाण पत्रले पुरष्कृत गरिएको थियो। यस क्षेत्रमा केहि लामो समय आयोजना नगरिएको भलिवल प्रतियोगिता मगर संघ अमेरिका, कोलोराडो च्याप्टरले त्यसको आइस ब्रेक गर्न सफल भएकोमा भलिवल खेल प्रेमीहरु उत्साहित भएको प्रतिक्रिया दिएको थियो।

गीतकार सतिश चापागाईको गीत 'फुटेको छु सिसाजस्तै !'