परिचय :
लोककवि आर. बि. निश्चल उत्पीडित वर्ग र समुदायको उच्छवास्, पीडा र विभेदपूर्ण व्यवहार विरुद्ध शङ्खघोष गर्ने आधुनिक कवि हुन् । २०५२ सालबाट काव्य लेखनमा लागेका उनका कविताहरुमा बेजोड कवित्व शक्ति छ ।
आर.बि. निश्चलले 'मौन हिमाल' (२०६२), 'सपनाको फूल' (खण्डकाव्य), 'आँसु खस्दै गर्छ' (२०६३) 'पैतलाको पुकार' (२०७३), 'किस्ता किस्तामा जिन्दगी' (२०७६) कविता सङ्ग्रहहरु प्रकाशन गरिसकेका छन् । यो पटक भने मुलुकका ४० लाख जनसमुदायले भोग्नु परेका उत्पीडन, विभेद र शोषण ओैल्याउँदै खबरदारीका साथ 'उल्टोधार' कृति प्रस्तुत गरेका छन् । समाजमा उल्टोधारमा हिँडिरहेकाहरुको लागि खबरदारी छ । शीर्षक लक्षार्थमूलक छ ।
कविले लुम्बिनी काव्य रत्न सम्मान २०८० प्राप्त गरेका छन् । त्यसै गरी नुरगङ्गा साहित्य नवप्रतिभा पुरस्कार, सकला सिद्धार्थ वाङ्मय पुरस्कार प्राप्त गरेका छन् ।
ऋषि आजाद
जीवनवादी स्वर के हाे ?
आर.बि. निश्चल जीवनवादी कवि हुन् । निश्चित रुपमा कलाको लागि जीवन हैन, जीवनकाे लागि कला हो । साहित्यकाे लागि जीवन हैन, जीवनकाे लागि साहित्य हाे । सँस्कृतिकाे लागि जीवन हैन जीवनकाे लागि सँस्कृति हाे । राजनीतिकाे लागि जीवन हैन, जीवनकाे लागि राजनीति हाे । पैसाकाे लागि जीवन हैन, जीवनकाे लागि पैसा हाे । ईश्वरकाे लागि जीवन हैन, जीवनकाे लागि ईश्वर हाे । दर्शनकाे लागि जीवन हैन । जीवनकाे लागि दर्शन हाे । सबै जीवनका सहयाेगी पक्ष हुन् । यहाँसम्म कि हामी ईश्वरकाे दासता पनि स्वीकार गर्दैनाैं । हाम्राे जीवन सर्वाेच्च, स्वाधीन र स्वतन्त्र हाे । अरु जीवन सुधारका साधन हुन् । जीवन स्वतन्त्र, मुक्त र सम्मानित हुनुपर्छ । जीवनवादी स्वरकाे दार्शनिकता यही हाे । कवि जीवनवादी स्वर दिन्छन् । चालीसलाख दलित समुदायकाे पनि जीवन हाे । त्याे जीवन स्वतन्त्र मुक्त र स्वाधीन हुनपर्छ । अपहेलना, विभेद र अपमानबाट मुक्त हुनुपर्छ । विभेद र अपमानले हाम्राे जीवनलाई मूल्यहीन र गरिव बनाउँछ । यस गलत चलनकाे अन्त्यष्टिकाे लागि आर.बि. निश्चल काव्य कलाकाे खड्ग बाेकेर शान्तिपूर्ण परिवर्तनकाे लागि शङ्खघाेष गरिरहेका छन् ।
नेपाली साहित्यकाे वर्तमान प्रवृत्ति :
नेपाली साहित्य आधुनिकतासँगै बहुलवादकाे झण्डा उठाउँदै फैलिदै, उचाई लिदैँ र गहिरिदै विविधताकाे साैन्दर्यबाेध गर्ने तहमा आई पुगेकाे छ । पहिचान र सम्मानकाे शान्तिपूर्ण लडाइँ चलिरहेकाे छ । साहित्यकाे माध्यमबाट अस्तित्व, पहिचान र सम्मानकाे खाेजी हुँदैछ । अब एकमा एकता खाेज्ने युग गयाे । निरङ्कुशताकाे जुवा मिल्क्याएपछि पनि विभिन्न निहुँमा दलका २/४ नेताले मात्र आम कार्यकर्ताकाे अस्तित्व, पहिचान र सम्मानलाई धूलीसात पारी दिएका कारण पनि वैयक्तिक पहिचान र सम्मानकाे लागि मानिस स्वतन्त्रताकाे अभियानमा तरल बनेर लागिरहेकाे छ । वैयक्तिक र सामुदायिक पहिचानकाे लडाइँका कारण दलीय नेतृत्व सङ्कटमा परिरहेकाे छ । कार्यकर्ताहरु निजत्वकाे खाेजीमा फुक्काफाला बनिरहेका छन् । यसलाई नेतृत्वले अराजकता भन्दै लल्कारेर हैन, आन्तरिक लाेकतन्त्रका आधारमा सच्याउनु पर्छ । अन्यथा यसकाे फाइदा वैकल्पिक शक्तिले लिन्छ नै ।
हामी अनेकतामा एकता खाेज्दै समुच्चयमा साैन्दर्यबाेध गर्ने युगमा आई पुगेका छाैँ । अब मुलुक एउटा वँशकाे मात्र रहेन, सबै वँशकाे, एउटा जातिकाे मात्र रहेन सबै जनजातिकाे, एउटा भाषाकाे मात्र रहेन, सबै भाषाभाषीकाे, एउटा धर्मकाे मात्र रहेन, सबै धर्मकाे, एउटा भेषभूषाकाे मात्र रहेन, सबै भेषभूषाकाे, एउटा क्षेत्रकाे मात्र रहेन, सबै क्षेत्रकाे, एउटा दलकाे मात्र रहेन, सबै दलकाे, एउटा सँस्कृतिकाे मात्र रहेन सबै सँस्कृतिकाे हाे । याे सबै अटाउने, सबै देखिने र सबै जाेडिने मुलुक हाे । हाम्राे साहित्य पनि समष्टि भावलाई पक्रेर विविधताकाे साैन्दर्यबाेध गर्ने तहमा आई पुगेकाे छ । हामी यही तहमा पलेटी कसेर साधना गरिरहेका छाैं । नेपाली समाजमा याे भावना क्रमशः फक्रदैछ । एकात्मक चिन्तन हट्दै फाट्दै र ओइलाउँदै छ । सबै अटाउने सबै देखिने र सबै जाेडिने सङ्घीय चिन्तन बिजाङ्कुर हुँदै, फक्रदै र फुल्दैछ । एउटा राजा, एउटा दल, एउटा धर्म, एउटा भाषा, एउटा जाति, एउटा वर्ग, एउटा लिङ्ग, एउटा भेषभूषाकाे वर्चश्व हटेकाे छ । एटा धर्म र एउटा राजा, एउटा दलकाे वर्चश्व खाेज्नेहरु निरिह बन्दैछन् । अहिले समाजलाई बहुलताका आधारमा र नजरमा हेर्ने र समाजलाई फेर्ने साहित्यकाे विकास भएकाे छ । यही हाे, लाेकतान्त्रिक साहित्य । कवि निश्चल यही बहुलवादी धारमा उभिएर जीवन ऐनाकाे सुन्दर चित्र काेरिरहेका छन् र एकात्मक चिन्तनधारीका मन र मष्तिस्कमा तनाव उत्पन्न हुने गरी दुन्दुभी मच्याई रहेका छन् ।
याे पुस्तककाे विषयमा काे कसले के भनें -
प्राध्यापक डा. लक्ष्मणप्रसाद गाैतमकाे दृष्टिमा आर. बि निश्चल विविधताकाे प्रवृत्ति र विशेषतामा टेकेर आधुनिक कविकाे रुपमा काव्य साधना गरिरहनु भएकाे छ । राजकुमार बानियाले कविताकाे विशेषतालाई वाचालविहीन, आक्राेसरहित, माैन र सन्त प्रकृतिकाे बताएका छन् ।
डा. शङ्करप्रसाद गैरेले माैलिक शिल्प, शैली र सरल भाषामा लेखिएकाे बताएका छन् ।
डा. टङ्कप्रसाद पन्तले मानवीय तथा साँसारिक अस्तित्वमा घाेत्लिएर कविता लेख्नु यिनकाे विशेषता हाे भनेका छन् ।
डा. मानबहादुर बिकले विभेद विरुद्ध साहित्यमार्फत चेतनाकाे ज्याेति प्रदान गरेकाे बताएका छन् ।
किरण बिकले याे कृति समाज रुपान्तरणमा देखिएकाे एउटा प्रभावशाली धक्का हाे भनेका छन् । माधव गाैतमले बेजाेड कला भन्दै तारिफ गरेका छन् ।
दलित अभियानमा फुकाउन नसकेका जटिल गुत्थीहरु :
हाम्राे मुख्य उद्देश्य उत्पीडित समुदायकाे उत्पीडन हट्नुपर्छ भन्ने हाे । त्याे भनेकाे सामाजिक, साँस्कृतिक विभेदकाे अन्त्य हाे । तर हाम्राे दलित आन्दाेलन विभिन्न विचार समूहकाे रणनीतिक कापमा परेर जडवत अवस्थामा किं कर्तव्य विमूढ बनेकाे देखिन्छ । यस अभियानमा देखिएका अलग अलग विचारहरुले भ्रम खडा गरिदिएका छन् । हाम्राे उद्देश्य विभेद र अपमान हट्नु बाहेक केही हैन । अरु सबै कुरा तपसिलका विषय हुन् । तर पनि पछिल्लाेपटक दलित शब्द प्रयाेगकाे विषयमा, निजी स्वतन्त्रताकाे विषयमा, जनैधारीकाे विषयमा, विवाहकाे विषयमा, सीप र तदनुरुपकाे साधनाकाे विषयमा, आत्म सम्मानकाे विषयमा र पहिचानकाे विषयमा व्यावसायिक कर्मकाे विषयमा स्पष्ट विचारहरु आएका छैनन् जटिल प्रश्नहरुकाे गुत्थीकाे गब्हरमा निकासविहीन रुपमा अल्झाउन खाेजिदैछ ।
पहिलाे कुरा के हाे भने दलितहरुलाई भन्दा गैर दलितहरुलाई 'दलित' शब्द राम्राे लागेकाे छैन । गैर दलित समुदायबाट त्याे फेर्नुपर्छ भन्ने आवाज जाेडताेडले सुनिन्छ । यसकाे कारण के हाे ? नेपालमा उत्पीडनमा परेका २३ थर दलितहरुकाे समष्टि सम्बाेधनकाे नाम दलित हाे । दलितकाे अर्थ दलिएकाे या उत्पीडनमा परेकाे समुदाय भन्ने हुन्छ । यसर्थ यस शब्दलाई आत्म सम्मानसँग जाेडिदैछ । आत्म सम्मान चाहिन्छ । याे छलफलकाे विषय हाेला । तर शब्द फेरेर उत्पीडककाे नजर र व्यवहार फेरिदैन । शब्द फेरेर शिल्पी शब्द राखे पनि हरिजन शब्द राखे पनि नजर नफेरिएपछि कुरा एउटै हाे । शब्द बदल्न सकिन्छ तर शब्दसँग गैर दलित समुदायले नजर पनि बदल्नुपर्छ ।
दाेस्राे कुरा अरुले छाेएकाे नखान सकिन्छ, याे मेराे स्वतन्त्रता हाे भन्ने आम धारणा व्यप्त छ । पहिला सँविधान र ऐनमा सार्वजनिक क्षेत्रमा विभेद गर्न पाइँदैन भन्ने थियाे । अहिले सँविधानले निजी तथा सार्वजनिक क्षेत्रमा विभेद गर्न पाइँदैन भनेर किटानी गरेकाे छ । अहिले सार्वजनिक क्षेत्रमा मात्र हैन, निजी क्षेत्रमा पनि विभेद गर्न मिल्दैन । लाेकतन्त्रमा निजी स्वतन्त्रताकाे नाममा विभेद गर्ने स्वतन्त्रता छैन । गैर दलित समुदायमा रहेकाे अरुले छाेएकाे नखान सकिन्छ, याे हाम्राे स्वतन्त्रता हाे भन्ने विषयले भ्रम खडा गरेकाे छ ।
तेस्राे कुरा दलित गैर दलित बिचकाे विवाह गराउने विषयलाई जातीय छुवाछुत विरुद्धकाे अश्त्र ठानिन्छ । तर विभेद रहिरहेकाे अवस्थामा भएका र गरिएका अत्यधिक विवाहहरु अन्तरकलह, आपसी झगडा र विछाेडमा टुङ्गिएका छन् । बाहुनकि छाेरी ल्याइयाे बाहुनलाई सम्धी बनाइयाे भनेर गर्वकाे अनुभूति गर्ने र दलितकि छाेरीसँग विवाह ग-याे भनेर रुवाबासी मच्याउने अघाेरी चलनले लक्ष्यमा पुराउँदैन । पहिला विभेदकै अन्त्य हुनु पर्छ । त्यसैले पहिला विवाहलाई भन्दा विभेद र छुवाछुत अन्त्यकाे लागि नै जाेड दिनुपर्छ । छुवाछुतरहित समाजमा विवाह सहज बन्दै जान्छ । त्यसपछि न गर्व न रुवाबासी । विभेद हटेपछि अन्तरजातीय विवाहमा जटिलता आउँदैन ।
चाैथाे कुरा जनैधारीहरुलाई विशेषत: छुवाछुत गर्ने समुदायकाे रुपमा चित्रण गरिन्छ । जनै समस्या हैन, समस्या छुवाछुत हाे । निश्चय नै केही जनैधारीहरुमा सङ्कीर्ण व्यवहार अझै पनि कायम छ । त्याे निन्दाकाे विषय हाे । विभेद विरुद्धकाे आन्दाेलनबाट हटाउँदै जानुपर्छ ।
पाँचाै कुरा दलितकाे लागि सहरमा भाडामा काेठा नपाउने समस्या छ । विभेद विरुद्धकाे अभियान चलाउँदै दबाब दिदैं र कानुनी उपचार गर्दै जानुपर्छ । छैटाै कुरा विवाह र पर्वहरुमा सहज रुपमा सहभाेज हुन नसक्ने अवस्था छ । यसमा बाेलाउँदा नगएर हैन गएरै विभेद हटाउनु पर्छ । साताैं मन्दिरमा पुजारीले निधारमा छाेएर टिका नलगाउने अवस्था अहिले पनि कायम छ । सार्वजनिक ठाउँमा बसेर विभेद गर्ने पुजारीहरुलाई कानुनी उपचार गर्नुपर्छु ।
आठाैं कुरा आत्म सम्मान हाे । आत्म सम्मान भनेकाे अरुलाई सम्मानपूर्वक 'तपाई' भनेर सम्बाेधन गर्नु हाे । अहिले पनि समाजमा दलित भएकै कारण तँ तिमी शब्दले सम्बाेधन गर्ने कुप्रथा छ । सबैलाई समानताका आधारमा तपाईं भनेर सम्मान गर्ने सँस्कृति बसाल्न सके अवश्य पनि विभेदकाे अन्त्य हुन्छ । याे अभियान सबै राजनीतिक दलहरुले सामुहिक रुपमा चलाउनु पर्छ ।
नबाैं कुरा परम्परागत सीपहरुमै अडिनुपर्छ भन्ने हैन । दलित समुदायबाट शिक्षक, प्राध्यापक, प्रशासन, जनप्रतिनिधि, वैदेशिक राेजगार, प्रहरी, सेना, कानुन, बजार,उद्याेग सबैतिर जानु पर्छ । सधै स्वर्णशिल्पी, वश्त्रशिल्पीलगायतकै काम गर्नुपर्छ, त्यसैमा खुम्चिनुपर्छ भन्ने हैन । बजारले सीप माग्छ । जाेसँग जे सीप छ, त्यही गरेर व्यवसाय गर्ने हाे । यसमा जात, थरकाे कुरा आउनु पर्दैन ।
दशाैं कुरा पहिचान महत्वपूर्ण विषय हाे । पहिचान बिगार्नु हुँदैन । पहिचान नामबाट आउँछ । दलित समुदायका व्यक्तिहरुलाई नाम राख्दा एकारान्त प्रयाेग गर्ने ( रामे, कृष्ण, हरे), नराम्रा नाम (मुसे, बुकुना, काली, नेप्टी) राखिदिने चलन छ । याे व्यक्तिगत पहिचान र आत्म सम्मानमाथिकाे धावा हाे । वर्ग हेरी तँ, तिमी, तपाई, हजुर बक्सियाेस भन्ने गरिन्छ । यसाे गर्नु समाजवादी यात्रा विपरीत हाे ।
।
एघाराैँ व्यावसायिक दृष्टिले दलितहरुमा समस्या छ । मासु पसल, दूध पसल, हाेटल, रेष्टुरेन्टलगायतका व्यवसायहरुमा जातीय विभेदकाे समस्या छ । दलित भएकै कारण पसल चल्दैनन् । यसले गुजारा चलाउन समस्या छ ।
उपसँहार :
वास्तवमा अहिलेकाे खुल्ला तथा लाेकतान्त्रिक समाजमा पनि वेदओ पुस्तक काेखिलामा च्यापेर मदवालीले सुन्छन् कि दलितले छुन्छन् कि भन्दै नाक चेप्राउँदै हिँड्ने सङ्कीर्ण चित्तका मानिसहरु छन् । नेताहरुले भाेट बिग्रन्छ पण्डितहरुले वृत्ति विकासमा बाधा पर्छ भनेर बाेल्दैनन् । तिनकाे कारण समाजमा जडताकाे ऐजरु लागेकाे छ । त्यसैले समाजलाई तरल र गतिशील बनाउन दलित गैर दलित बिच आपसी सँवाद गर्दै अघि बढ्नुपर्ने देखिन्छ । आर. बि. निश्चलकाे याे पवित्र अभियानमा हामी साथ दिन्छाैँ ।
यस सङ्ग्रहमा ४८ वटा काव्य पुन्जहरु छन् । तिनलाई समय चिन्तन, प्रश्न र आफ्नै आँखा खण्डमा विभाजन गरेका छन् । कविताहरु मध्यम कायका छन् । म आज याे कृतिकाे अन्तरकुन्तरमा नपसी दलित आन्दाेलनमा रहेका केही सङ्कीर्ण चिन्तन र बिब्ल्याँटाहरुकाे विषयमा मात्र लेखेँ ।
दलित आन्दाेलन अहिले आक्रामक र छुवाछुत गर्नेहरु रक्षात्मक अवस्थामा छन् । यही पृष्ठभूमिमा उल्टाेधार कृति आएकाे छ । उल्टाेधार कृति समाज रुपमान्तरणकाे लागि गहकिलाे अश्त्र हाे । विविधताकाे अस्तित्व, पहिचान र सम्मानकाे साहित्यिक घाेषणा पत्र हाे । विभेद विरुद्ध लेखिएकाे यति प्रभावकारी पुस्तक पढ्न पाएका थिएनाैँ । निश्चल आफ्नाे प्रभावकारी साहित्यिक कर्मकाे माध्यमबाट आफ्नाे समुदायकाे पक्षमा शान्त बनेर पैरवी गरिरहेका छन् । यसमा विद्राेहकाे ज्वाला भन्दा शान्तिपूर्ण रुपान्तरणकाे प्रभाव ज्यादा छ । आक्राेश भन्दा विवेक छ, भय भन्दा शान्त रस छ, घृणाभन्दा कर्तव्य छ । म उनलाई नेपाल आमाकाे गाैरव गर्ने लायककाे देशभक्त सन्तान भन्छु । अस्तु !