नयाँमा नयाँ कामना सबै भन्दैछु अहिले
कोशेली डायस्पोरा पढ्ने बन्दैछु अहिले
भेटेका सबै देखेका सबै सम्झिने बानिले
रचना मुद्दति खातामा राखि गन्दैछु अहिले
चलन चल्ति रित्तो खल्ति महंगि बजारमा
सत्यम शिवम सुन्दरम जग खन्दैछु अहिले
उमङ्ग उत्साह सापटिमा चाहिदैन मलाई
एक्कासी खुल्नेछ पिजडा बन्दैछु अहिले
पृष्ठभूमीको पानामा छरेका अक्षर टिपेर
उपमा दिउला म भीशाको छन्दैछु अहिले!!!!