चार जात छत्तिसवर्ण समेटिने एकताको माला लिई
हर्ष ,उल्हास र उमंग वोकेर,विभेद र अंसगति हटाएर
योग्यहरुको मूल्यांकन गर्दै आउ तिमी नया वर्ष
साच्चिकै नविन वनेर ।
घचटिने छैन सत्यता र यथार्थवाई न्यायालयको कठघरामा
विक्ने छैन विवेक र स्वाभिमान,हटने छ महँगी
पुरा हुनेछन जनताका आधारभूत आवश्यकताहरु
हट्ने छन असान्तीका रेखाहरु, घट्ने छैनन मानवता विरोधी घटनाहरु
गुम्ने छैन अस्मिता, पुछिने छैन नेपाली चेलीहरुको सिउदो पनि
हरेकको योजना अनि लक्ष्य शिसिकसको जस्तो हुने छैन असफल
रुने छैनन भोका पेटहरु सडकमा वसि वसि ।।
आउ नयाँ वर्ष तिमी ओठमा लाली र माधुर्यता लिएर
जाउ विगत तिमी असफलता र अराजकता लिएर
आउ नयाँ वर्ष तिमी साच्चिकै उन्नती र प्रगति वोकेर
मीठो सुभाष वोकेर !