Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युएस एन्टी डोपिङ एजेन्सी र नेपाल डोपिङ एजेन्सीबीच सहकार्यको लागि डा. राणा अमेरिकामा

युएस एन्टी डोपिङ एजेन्सी र नेपाल डोपिङ एजेन्सीबीच सहकार्यको लागि डा. राणा अमेरिकामा

नेप्लिज डायस्पोरा

६, बैशाख २०८१
images
युएस एन्टी डोपिङ एजेन्सी र नेपाल डोपिङ एजेन्सीबीच सहकार्यको लागि डा. राणा अमेरिकामा

१७, अप्रिल , टेक्सस । 

संयुक्त राज्य अमेरिका एन्टी डोपिङ एजेन्सी र नेपाल एन्टी डोपिङ एजेन्सी (युएसएडिए)को बीचमा सहकार्य सम्झौताका लागि अमेरिका आएका नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. प्रणय राणा अमेरिकाका विभिन्न राज्यमा रहेका गैर आवासीय नेपालीसँग भेटघाट र छलफल गरिरहेका छन् ।

अप्रिल ३० मा अमेरिका र नेपालको एन्टी डोपिङ एजेन्सीका बीचमा सहकार्यका लागि छलफल हुनेछ । अमेरिकाको कोलोराडोमा युएस एन्टी डोपिङ एजेन्सीको मुख्यालय रहेको छ । 

केनेस स्टेट युनिभर्सिटीले डा.राणालाई मानवीयता तथा सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा अप्रिल २३ मा असाधारण अलुम्नाइ अवार्ड प्रदान गर्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेता तथा एनआरएन विभागका उपप्रमुख समेत रहेका डा. राणाले अमेरिकामा रहँदा नेब्रास्का, कोलोराडो लगायतका राज्यहरुमा रहेका गैर आवासीय नेपाली माझ गैर आवासीय नेपालीले भोगिरहेका समस्या र समाधान उपायहरुबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

गैर आवासीय नेपाली नागरिकताको कार्यन्वयन पक्ष,सुधार गर्नुपर्ने कार्यहरुका बारेमा पार्टीले लिएको नितिका सन्दर्भमा उनले सबै गैर आवासीय नेपालीलाई प्रकाश पार्ने कार्यक्रम रहेको छ ।

अमेरिकाको भ्रमण र कार्यक्रममा सहभागिताको निम्ति आफूले नै आवश्यक खर्च व्यवस्थापन गरेको र यसमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, नेब्रास्का च्याप्टर र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका कोलोराडो च्याप्टरको सहयोग रहेको राणाले जानकारी दिए ।

लामो समयदेखि नेपालको शिक्षा तथा सेवाको कार्यमा सक्रिय डा. राणालाई युएस एन्टी डोपिङ एजेन्सीसँग हुने सम्झौता अघिको छलफलको एजेन्डामा एन्टी डोपिङको निरिक्षणका लागि प्रभावकारी संयन्त्र, विकासशिल देशका एथलेट्सहरुका लागि शिक्षाको आवश्यकता, डोपिङ परिक्षण योजना तथा निरिक्षण र डोपिङ नियन्त्रण योजनाका सम्बन्धमा युएसएडिएबाट ब्रिफ़िङ्ग गरिने कार्यक्रम रहेको छ।

 

images
प्रकाशित मिति :बैशाख ६, २०८१ बिहिवार - २०:१७:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend