पश्चिम लण्डनमा NRN भित्रका नेपाली राजनितिज्ञ, समाजसेवी र बौद्धिकहरुसंग अन्य कार्यको लागी उपस्थित समारोहमा गएको मौका छोपी केहि बेर छुट्टै भेटघाट,छलफल गर्यौं ।
आजको छलफलमा सहभागी प्राय सबैको निष्कर्ष यस्तो रह्यो।
नेपालको संविधानमा लेखिएको निर्वाचन प्रणालिबाट कहिल्यै कुनै पनि पार्टिको बहुमत आउँदैन।यो खिचलोले लामो समय सम्म दुःख दिई रहने भयो।देशको राजनैतिक स्थाईत्व र सरकारको स्थायित्व नहुने भयो।चुनाब अगाडिको गठबन्धन र चुनाब पछिको गठबन्धन दुबै काम नगर्ने देखियो।
समानुपतिक प्रतिनिधित्व व्यवस्था पनि समुदाय भित्र पनि पिछडियकाहरुको प्रतिनिधित्व हुनु पर्नेमा उनै नेताका नजिकका आसेपासे, दाईभाई, भतिजा, साला, सालि, भान्जा, भान्जी, दिदीबहिनी, बुहारी, काका, काकी, मामा, माईजु, नातेदार, ढोके, हुक्के, पाले, बैठके र धन खर्चन सक्ने,पैसा बुझाउन सक्ने मध्ये बाट मात्रै छानिने देखियो।
यो समानुपातिका व्यवस्था दुरुपयोग हुँदै जाँदा यसले क्यानसर निमल्याउँछ।अन्तत दुःख पाउने नेपाली जनताले नै हो।
डा शेखर कोइरालाले पटक पटक आवाज उठाए जस्तै निर्वाचन प्रणाली बदलेर राजनैतिक दलहरु एक्ला एक्लै चुनावमा भिड्ने र जित्नेले पाँच वर्ष सरकार चलाउनु पर्दछ।त्यसैले कांग्रेस र एमालेले निर्वाचन प्रणाली बदल्न संवाद गर्नु पर्छ |कांग्रेसले बहुमत जिते पाँच वर्ष चलाउँछ।अरु दलले जिते उनिहरुले पाँच वर्ष चलाउँछ।

फूटपाथमा राखेका साना साना दलको च्याखें दोकान बन्द हुनु पर्दछ।च्याँखे राजनिती बन्द गर्ने उपाय नल्याए,नसोचे सम्म सरकार अस्थिर भईरहन्छ।
सरकारको स्थाईत्व दिन निर्वाचन प्रणाली बदल्नु पर्ने डा शेखर कोइरालाको अभियानमा साथ दिऔं ।