तस्वीरमा देखिएजस्तै आज बैबाहिक बन्धनमा बांधिएको दिन । एउटा नयां जीवन शुरु गरेको दिन । सर्वप्रथम त ह्यप्पी एनिभर्सरी पियारा!
हामीले गरेको सबै भन्दा राम्रो र महत्वपूर्ण निर्णय मध्यको शुभ दिन तपाई संग यो सहयात्राको मागी बिहे पनी थिएन र भागी बिहे पनी थिएन तर हामी दुबै बिच मैले यो केटा मेरो हुनुपर्छ तपाईले यो केटि मेरो हुनुपर्छ भन्ने पहिलो हेराईमा नै मन मनले समझदारीको आभाष गरीसकेका थियौ, भाग्य र समय सबैले साथ दियो सम्बन्ध र सिन्दुर को भागीदारमा म अनी तपाई सफल भयौ।
अलग अलग परिवेशबाट आ-आफ्नो स्वभावमा हुर्किएका दुई ब्यक्ति एक बन्दा कहिलेकाही बिचार ब्यबहार मिलेन होला कहिले बडी खुसी भईयो होला कहिले सानो तिनो कुरामा झै झगडा गरिए होला, दुबैले अलीकति अलीकति केही कुराहरु कम्प्रोमाईज गर्दै प्रेमका गुण अवगुणलाई सहजतापूर्ण रुपमा स्वीकार्दै सम्बन्धमा कसीलो र बिश्वासिलो पिल्लर उभाउदै आज एक राजकुमारको बाबा ममी सम्म बन्ने सौभाग्य प्रप्त गरेका छौ।यँहा सम्म पुग्नका लागि मैले अनी तपाईले दु:ख सुखका धेरै खुडकिलाहरू पार गरिसकेका छौ।
अब बाँकी दिनमा पनी यसैगरी बहुरूपको रानी भई रहन पाईरहुँ प्रिय, तपाईको मैले जितेको मन कहिले नफेरीयोस्। वास्तवमै सकारात्मक सोचाइको भण्डार तपाईका सरलता शालीनता सुन्दरता इमान्दारीता एवम् अनुशासित व्यक्तित्वमा कहिल्यै परिवर्तन नहोस् बाँकी तालमेल हजुर संगैका खुसी दुखमा मिलाउदै जाउला हुन्न र??
तपाई संग मेरो सपना म संग तपाईको सपना अनी हामी संग सिगों परिवारको सपना छ हजुरले र मैले फेर्ने सासमा छोराको माया अल्झिएको छ त्यसैले जुनसुकै कठिन समयमा पनी हामीलाई दौडने तागत जुट्नेछ। हुनत संसारको सबैभन्दा प्यारो तर गाह्रो टास्क श्रीमान श्रीमतिको नाता संम्बन्ध हो, यो सम्बन्धमा हिड्न जानेन भने फेरी लडेका पनी धेरै उदाहरणहरु छन्। तर हामी बीच एक अर्काप्रति पूर्ण माया छ सम्मान छ आदार अनी कदर छ र त रोमान्स पनी छ। हजुरजस्तो त बन्न सक्दिन तर औला समाउदै गर्भले छाति चौडा पार्दै मेरो मान्छे भनेर जरुर सँगै हिड्नेछु।
कयौं पटक म टुट्दा कैयौं पटक मलाई निराशाले पछ्याउदा थाकेर गलेको बेला तपाईले “तिमीलाई यो सुहाउदैन”है भन्दै हिम्मत दिएर डोर्याउदै हिडाउदा म बाहुबली भएर निस्कीएकोछु मेरो लक्ष्य र उद्धेश्यमा हिजो जस्तै गरी भोली पनी साथ दिईरहनु ल त्यसैमा म सधै खुसी र बलियो हुनेछु।
पारीवारीक माहोलमा म जहीले हार्देर अरुलाई जिताउने महिला हुँ परीवारलाई हराएर मलाई जित्न कहिल्यै मन लाग्दैन।मेरो कारण तपाई र परीवार कहिल्यै दुखी हुन नपरोस् हुदा खाने र खुवाउने नहुदा आधा आधा खाने धैर्य गर्ने गलत नगर्ने यीनै समझदारीमा हाम्रो सम्बन्ध परिपक्क पिल्लर बनेकोछ र बनीरहनेछ …..
अर्को कुरा मलाई कुनै मूल्यवान गरगहना लत्ताकपडाले खुसी दिदैन र दिने प्रयास पनी नगर्नु होला यी सबै तपशिलका बिषय हुन, तपाईलाई थाहा छ । मेरो अमूल्य गहना नै हजुर हो, बरु यसपाली हाम्रो एनीभर्सरीमा म केही गिफ्ट दिनमन छ तर के दिउ भन्नुतो के चाहिन्छ पैसा हजुरको किनाई मेरो भन्दै जिस्काएर सोध्दै थिए । तर तपाईको ओजीलो र मर्म श्पर्सी भनाईले ईमोस्नल भए वाक्यमा …..सर्व प्रथम मेरो लागी तिमी नै गिफ्ट हौ त्यसमाथी दिएको अमुल्य राजकुमार यहाँ भन्दा ठुलो गिफ्ट के हुनसक्छ……. तर माग्छु तिम्रो सु स्वास्थ टाईममा खान खाउ टाईममा सुत तिमी जे गर्दा खुसी हुन्छौ सो कुराहरु थाति नराखी गर कुनै ईच्छा कुन्ठीत नपार हाँसी रहु खुसी रहु आफुलाई बडी माया गर यो नै मेरो लागी मूल्यवान गिफ्ट हुनेछ, अनी मेरो बोली रोकीयो ।
धन्यवाद हजुर मलाई तपाईको श्रीमती र तपाईको बच्चाहरूको आमा बनाएर संसारीक मोह चुम्ने शौभाग्य संगै हाम्रो सानो परिवारमा बेफिक्री निश्चिन्त पुलपुल बनाउदै यो आधाजीवन बेतित गर्ने मौकाको लागी नतमस्तक छु हजुरले म प्रति गर्नु भएको माया, इज्जत र करुणाको कहिले पनि दुरुपयोग गर्ने छैन प्रिय, ढाँट्न छ्ल्न सक्ने अरुलाई हो, तर आफुले आफुलाई कहिल्यै ढाँट्न सक्ने छैन म बाट कहिल्यै जानेर गल्ति गर्ने छैन , भोलिको दिनमा के कति सम्भब हुन्छ थाहा छैन तर अहिले सम्म पाएको कुरा नगुमोस् नपुगेको सबै पुगोस् भगवान लाई धन्यवाद।हिजो आज र भोली सधै यही बाँचा गर्छु🙏यदी पुनर्जन्म मिथ्या होइन भने अर्को जन्म मात्र नभई सयौ जन्म तपाईकै धर्मपत्नीको सिन्दुर धारण गरीरहन पाउँ भगवान संग कोटि कोटी बिन्ति गर्दछु ।
love ❤️ you forever.
हाकु काले दाईRawbeendrw Mhrnतपाईलाई धेरै मिस गरेकाछौं हामीलाई चिनजान गराई दाम्पत्य जीवन सम्म बाधिदिनुभएकोमा 🤝।
आज अस्ट्रेलियाको फ्लाईट थियो तर हाम्रो एनीभर्सरी दिनको लागी फलाईट कान्सील गरी संगै बस्ने समय दिएकोमा तिमीहरु तिनैजनालाई धन्यवाद साथी केस्बिन, डली,अली ।
अनि, ह्याप्पी एनिभर्सरी पियारा !