Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एउटा संचारकर्मी जसले पेटका लागि मात्र पत्रकारिता गर्दैन -नारायण भण्डारी

एउटा संचारकर्मी जसले पेटका लागि मात्र पत्रकारिता गर्दैन -नारायण भण्डारी

नेप्लिज डायस्पोरा

२२, बैशाख २०८१
images
एउटा संचारकर्मी जसले पेटका लागि मात्र पत्रकारिता गर्दैन -नारायण भण्डारी

 

त्यो फलानो त अचम्मै ज्याद्रो छ । जे देख्यो त्यहि ठ्याक्कै लेखिहाल्छ । कुरा त मिलाएर वुझ्नु पर्ने थियो । त्यो कुरो बुझ्ने मान्छे होईन रहेछ । हामीले जे भन्छौ र जति भन्छौ त्यति मात्र बुझिदिए पुगिहाल्थ्यो । निकै सत्यवादी, यथार्थवादी हुं भन्दो रहेछ । 

एउटा संचारकर्मी जसले पेटका लागि मात्र पत्रकारिता गर्दैन र नामका लागि पनि गर्दैन । मात्र समाचार धर्मिताका लागि आफ्नो ब्रम्हले देखेको विवेकले लेख्छ उसलाई समाचारका स्रोतहरुले पटक पटक गर्ने टिप्पणी हो त्यो माथिका पंग्ति। 

हो मान्छे स्वभावले लोभि छ , कामी छ , भोगी छ स्वार्थी छ । तर जसले यी स्वभावजन्य कुरालाई मनन गरेर यस्ता विकारबाट टाढा हुन्छ र ति स्वार्थ सिद्ध गर्न आफ्नो कलमलाई वन्दगी राख्दैन उसलाई समाजमा सधै सम्मान मिलेकै हुन्छ । जसले कलमलाई विवेक संग जोडेको छ र आफ्नो लेखनीय धर्म निभाएको छ त्यहि समाचार धर्मिता जीवन शैली वनेर जोडिएको हुन्छ । त्यो धर्म एकदिनको लागि होईन त्यसले जीवनभर कर्म गराई रहन्छ । 

संचार जगत आधुनिक समाजको एउटा यस्तो शसक्त क्षेत्र हो जहॉ विवेकले ऑखा चिम्लियो बा चिम्ल्याउन सकियो भने सुखले जीवनको रोटीको व्यवस्थापन हुन्छ । हाम्रो समाजमा वेला बेला त्यस्ता पात्र र प्रवृत्तिले निकै चर्चा पनि पाईरहेकै हुन्छन । 

हाम्रो देसको कुरा गर्ने हो भने केहि संचार माध्यममा कलम चलाउने बाहेक प्राय सबै कलमजीवीहरुले अभावकै ज़िन्दगी वॉचेका छन । त्यो अनुभव गर्न मैले पनि पाएको छु । त्यसैले पेटको लागि पत्रकारिता गर्नेहरु पनि सबैजना समाचार श्रोतको कुरा बुझिदिएर वॉचेका हुन्छन भन्न खोजिएको होईन । 

त्यसैले पत्रकारिताको आयाम मानिएको छ लेखनीय धर्म र समाचार धर्मितालाई । यि विशिष्ट गुणले आजको विश्वमा संचार क्षेत्रको उचाई निकै माथि पुर्याएको छ । संचार जगतको यति मान प्रतिष्ठा र विश्वसनीयता हुनको कारण पनि यहि हो भन्ने लाग्छ । 

समाचार  लेख्नेको जस्तै समाचार श्रोतको पनि बुझाईको स्तर नापिनु अपरिहार्य छ ।समाचारमा स्रोतको भूमिका निकै महत्वपूर्ण मानिएको छ ।समाचारमा स्रोतको सकारात्मक र नकारात्मक प्रभाव परेको हुन्छ । कतिपय स्थानमा हाम्रो समाजका समाचारका श्रोतहरु अहिले पनि  समाचार लेखाउन सक्षम छन । जसरी उनीहरुले चाहे, जे जे भन्न र भनाउन चाहे त्यसरी उनीहरु सफल हुनु र त्यो परिवेश देखिनु एउटा लज्जास्पद घटना हो र यदाकदा यस्तो भईरहन्छ ।

यसैकारण समाचार धर्मिताको कुरा पत्रकारितामा आधारभूत ज्ञानको रुपमा पढाईएको हो । हुन त आफुलाई चाहिएको जसरी समाचार लेखाउन सक्नेहरु अहिले पनि हाम्रो समाजका उच्च दर्जाका मानिस हुन । तिनका अगाडि संचार क्षेत्रको महत्व, उचाई, जिम्मेवारी, प्रगति र भुमिकाको कुनै अर्थ रहदैन।   घुस दिने र लिने दुबै समाजका शत्रु हुन भने जस्तै कसैलाई चाहिए जस्तो समाचार लेख्ने र लेखाउनेलाई पनि हाम्रो समाजका शत्रु नै मान्नु पर्दछ ।

लेखाईएको कुरा समाचार त हुन सक्दैन तर समाचारको विषयमा ज्ञान नभएको समाजमा ति समाचार जस्तै बनेर आईरहन्छन । त्यस्तै परिपाठ मिलाएर प्रकृया र तजविज मिलाएर यस्ता स्तरका पत्रकारिता हाम्रो समाजमा प्रसस्तै चलिरहेको छ । त्यसैले यो विषयको सत्य तथ्य पत्ता लगाएर छिनोफानो गर्न जटिल छ ।

त्यसैले मलाई कहिलेकॉहि आफैलाई प्रश्न गर्न मन लाग्छ “ समाचार किन लेखिन्छ, किन लेख्नु पर्छ ? यसको उत्तर पत्रकारिता विज्ञानले दिएको छ तर जुन उद्देश्य र उत्तर अहिले अध्ययनको विषय बनिरहेको छ त्यो वास्तविक व्यवहारमा देखिदैन त्यसैले पनि किन लेख्ने भन्ने प्रश्न आईरहन्छ ।

समाचारमा तपसिलका विधिवत प्रस्तुति पाठकलाई सत्यको धरातलमा उभिन सक्ने बनाउनु हो तर लेखाईएको समाचार पढेर बस्नेहरुलाई ब्रम्हले देखेको कुरा विवेकले पस्कदा सुपाच्य नहुन पनि सक्छ । जसले पत्रकारिताको यो मर्म, भावना र धर्मलाई सम्मान गर्दै कलम चलाउछ उसले सत्यको खोजी गर्दै ईमानको पत्रकारिता गर्छ । यो पेसाको धर्म यो हो भनेर थाहा नभएका मानिसले कुनै असामाजिक तत्वका स्वार्थ सिद्धि गराउन पत्रकारिताको धज्जी उडाउछ भने त्यो समाजको कलंक मात्र हो ।

जदौ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - १८:४४:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend