Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सन्दीप लामिछानेको मुद्दामा आफूलाई नजोड्न पारस खड्काको आग्रह

सन्दीप लामिछानेको मुद्दामा आफूलाई नजोड्न पारस खड्काको आग्रह

नेप्लिज डायस्पोरा

२७, बैशाख २०८१
images
सन्दीप लामिछानेको मुद्दामा आफूलाई नजोड्न पारस खड्काको आग्रह

 

फाइल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

आज (बुधबार) सामाजिक सञ्जालमा लेख्दै खड्काले लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले लेखेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ ।

 

यो सबैका बीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

 

उनले नेपाली क्रिकेटप्रतिको आफ्नो निःस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि बताएका छन् । ‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन् ।

 

एकथरी मानिसहरुले सन्दिप लामिछानेलाई फसाउन 

पारस खड्काको हात रहेको आरोप लगाउने गरेका छन् । 

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - ०२:२२:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend