Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकका लागि टेबल टेनिस खेलका लागि छनोट

स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकका लागि टेबल टेनिस खेलका लागि छनोट

images
स्यान्टु श्रेष्ठ  पेरिस ओलम्पिकका लागि टेबल टेनिस खेलका लागि छनोट

 

काठमाडौँ । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् ।

 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एसियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोटचरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए । 

 

यसअघि, तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य, दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए भने केही समय अगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छिन् । बुधवार फाइनल अगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।

 

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाएका थिए । 

 

फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौँ र छैटौँ सेट ८–११,८–११ ले हराए । सातौँ तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

images
प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - ०६:१६:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend