Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कैलााश सिरोहियाका १२ जना वकिल को को हुन्?

कैलााश सिरोहियाका १२ जना वकिल को को हुन्?

नेप्लिज डायस्पोरा

११, जेठ २०८१
images
कैलााश सिरोहियाका १२ जना वकिल को को हुन्?

 

काठमाडौं । नागरिकता कीर्तेसम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले धनुषा प्रहरीको नियन्त्रणमा छन् ।

 

 

धनुषा जिल्ला अदालतले सिरोहियालाई उनकै मिडिया हाउसको केन्द्रीय कार्यालय थापाथलीबाट मंगलवार साँझ पक्राउ गरेको थियो । सोही राति उनलाई प्रहरीले जनकपुरधाम ल्यायो ।

 

बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतबाट अनुमति माग्यो । जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले तीन दिनको म्याद दियो ।

 

प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ । तर सिरोहियालाई हिरासतमुक्त गराउन ७ वरिष्ठ अधिवक्ता र ५ अधिवक्ताले आज बहस गर्ने भएका छन् ।

 

सिरोहियालाई छाड्न सरकारलाई दबाब दिन जनकपुरमा नागरिक समाज र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू पटक पटक प्रदर्शन गरेका छन् । जनकपुरधामका मेयर मनोज साह अदालतकै अगाडि धर्ना बसेका छन् ।

 

वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू पनि आज सिरोहियालाई छुटाउन हर सम्भव प्रयास गर्ने देखिन्छन् । सिरोहियाको पक्षमा वकालत गर्न चर्चित वरिष्ठ अधिवक्ता शम्भु थापा काठमाडौंबाट जनकपुरधाम आएका हुन् ।

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १७:२६:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend