Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

नेप्लिज डायस्पोरा

११, जेठ २०८१
images
सन्दीप लामिछानेलाई अमेरिका पठाउन परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ ।

 

परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बतायो ।

 

टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

 

विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

 

नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषदले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए ।

 

खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएको छ ।

 

images
प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १७:२९:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend