Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाली क्रिकेट टोलीको स्वागतमा एनआरएनए अमेरिकाद्वारा रात्री भोज

नेपाली क्रिकेट टोलीको स्वागतमा एनआरएनए अमेरिकाद्वारा रात्री भोज

नेप्लिज डायस्पोरा

२०, जेठ २०८१
images
नेपाली क्रिकेट टोलीको स्वागतमा एनआरएनए अमेरिकाद्वारा रात्री भोज

शंकर थापा

टेक्सास, अमेरिका

आईसीसी टी–२० विश्वकप सहभागी हुन अमेरिकाको टेक्सासमा रहेको नेपाली टिमलाई शनिबार ड्यालसमा स्वागत गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले नेपाली खेलाडी टिमको हौसला बढाउन स्वागत तथा रात्री भोजको आयोजना गरेको हो ।


स्वागत कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली खेलाडी टीमको सफलतको लागि शुभकामना ब्यक्त गरेका थिए ।

 

सिपोरा गुरुङले सन्चालन गर्नु भएको स्वागत कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका टीम क्याप्टेन रोहित पौडेलले बोल्नु भएको थियो । 

 

स्वागत कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली अगुवाहरु, एनआरएनएका प्रतिनिधिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

टी-२० विश्वकपका लागि नेपाली टिमका तर्फबाट  रोहितकुमार पौडेलको कप्तानीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - १०:३३:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend