Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

शून्यता (लघुकथा )

शून्यता (लघुकथा )

नेप्लिज डायस्पोरा

२४, जेठ २०८१
images
शून्यता (लघुकथा )

शून्यता (लघुकथा )

नजा न त
जानै पर्ने भन्ने के छ र !
यतै खेतको चटारो छोडेर … … … गएपछि सुन्नै पर्छ।सुनेपछि रिस उठिहाल्छ,अनि रिस थाप्ने थाप्लो यही त हो नि।

 

स्वास्नीको कुरा सुनेर धनवीरे लामो निश्वास फेर्छ अनि भन्छ-नगएर के गर्ने गाउँको ठूलो बडा मान्छे एउटा निहुँ थापेर बात लगाइदिएपछि घरभरि विष फैलिदिन्छ।यो हलाहल थाप्ने को ? धनवीरेको एक वाक्यमै ठूलीको अगाडि चलचित्र झैँ दृश्यहरू सलबलाउन थाल्दछन्।परिवर्तनका भाषण,अखवारका काला अक्षर हाँसी हाँसी नाच्न थाल्दछन्। अनि आफू नाङ्गै उभिएकोसम्म देख्न पुग्दछे।त्यहाँ शून्यता छाउँछ मात्र शून्यता।

-युवराज मैनाली

images
प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - २२:३४:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend