Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त

मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त

नेप्लिज डायस्पोरा

२५, जेठ २०८१
images
मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त

नयाँदिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । आज (शुक्रबार) उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनले शपथ भने आइतबार लिनेछन् । शुक्रबार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसपछि मोदीले नयाँ सरकार बनाउने दाबी राष्ट्रपति समक्ष पेस गरेका थिए ।

 

राष्ट्रपतिसँग भेटपछि मोदीले आफूलाई राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीका रुपमा काम गर्न नियुक्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ । नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबारसम्म राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सूची पठाउने बताएका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०१४ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०१९ मा प्रधानमन्त्री बने । भाजपा नेता मोदी सत्तारुढ गठबन्धन एनडीएले हालैसम्म लोकसभा चुनावमा बहुमत ल्याएपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

 

५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ । यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपाको एकल बहुमत थियो । तर, यसपटक भने भाजपाले एकल बहुमत ल्याउन नसकेकाले गठबन्धनका दलहरू महत्वपूर्ण भएका छन् । त्यसैले मोदी कमजोर प्रधानमन्त्री बन्ने विश्लेषण भइरहेको छ ।

 

 

images
प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - २१:१२:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend