Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

जान्नुहोस जंगल स्नानका फाईदाहरु -लक्ष्मण ज्ञवाली

जान्नुहोस जंगल स्नानका फाईदाहरु -लक्ष्मण ज्ञवाली

नेप्लिज डायस्पोरा

२७, जेठ २०८१
images
जान्नुहोस जंगल स्नानका फाईदाहरु -लक्ष्मण ज्ञवाली

 

 

मैले सुनेको छु जापनीजहरु समय समयमा जंगल नुहाउन जान्छन रे ! यसरी जाँदा हामीले जस्तो बुट जुता आदि बजार्दै  एकापसमा गफिदै कुरा काट्दै एकोहोरो बाटो मात्र हेरेर हिडदैनन ।यिनिहरुले जंगल प्रवेश गर्ने मूल द्वार मै आफ्ना जुत्ता चप्पल चिज बस्तु निकालेर राख्छन साथै शरीर,मन,बिचार,भावना आदिलाई  एकै ठाँउमा बनाएर रमाउदै खुसि हुदै नांगा पैतालाले  जंगल यात्रा गर्छन । बाटामा भेट्दै गरेका रुख बनस्पति हरुलाई च्याप्प समातेर अंकमाल गर्छन, ढोग्छन र उनिहरु संग कुरा गर्छन  । त्यस्तै भेटेका ढुंगालाई र बगी रहेको पानीलाई पनि ढोग्छन नमस्कार गर्छन । यसरी दुई तीन घण्टाको समय जंगल मै बिताउछन । फर्किदा नयाँ उर्जा र थप आनन्दका साथ रमाउदै फर्किन्छन । चिन्ता तनाव आदि बाट मुक्त हुन्छन भने बेलुका गहिरो निद्रामा सुत्छन । 

 

यो शरीरलाई स्वास्थ्य र रिल्याक्स गराउने जापनीज तरिका हो। जसलाई जापानमा सिनरिन यूकु (Shinrin Yoku) भन्ने गरिन्छ । यसको अर्थ हो जंगलको बाताबरणमा जानु ।आफु संग भएको सबै ईलेक्ट्रोनिक डिवाइस र जुत्ता चप्पललाई बाहिर राखेर गहिरो स्वास लिदै आसपास चारै तर्फको प्रकृतिलाई हेर्दै मन्द मुश्कान संग उपर्युक्त तरिका अपनाउदै जंगलमा हिडनु ।

 

यसरी गरिने जंगल यात्रालाई उनिहरुले जंगल स्नान (Jangal bath) भन्ने गर्छन  साथै प्राकृतिक संसार संग संगै रहेको अनभूति गर्छन।

बच्चा बुढा सबैलाई बिना औषधि तनाव मुक्त बनाउने फरेष्ट बाथिंगको यो जापनिज तरिका शरीर र मानसिक स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । 

अहिले आएर फरेष्ट बाथिंग वा ग्रिन प्रिसकृप्सनको चलन निकै बढन थालेको छ।

ग्रिन प्रिसकृप्सन भनेको प्रकृतिलाई आधार बनाएर डाक्टरले दिने सल्लाह हो । यो प्रकृति संग जोडिएका कुरालाई सामेल बनाउने कार्य हो ।यस्तो सल्लाह खास गरेर त्यस्तोलाई दिईन्छ जो मोटो छ, मुटु, डाएबेटिज,मेन्टल हेल्थ आदिलाई लिएर परेसान भएको छ ।

 

पछिल्ला दिनहरुमा यस बिषयमा धेरै अनुसंधानहरु भएका छन। जसमा भनिएको छ यस प्रकारको जंगल यात्राले स्ट्रेस हरमोन, कार्टिसोल,ब्लड प्रेशर, मुटु रोगको दर,आदिलाई कम गरेको छ भने शरीरको ईम्युन प्रणालीको दर लाई बेहतर बनाएको छ । यो पनि भनिएको छ कि यस प्रकारको यात्राले एण्टि क्यान्सर प्रोटिनलाई बढाएर शरीरको ईम्युन सिस्टमलाई बढाउछ र क्यान्सर बिरुद्ध लडने सेल हरुको बृद्धि गर्छ । यस प्रकार Forest bathing लाई लगातार अपनाउने हो भने जस्तो प्रकारको रोग पनि ठिक हुन्छ भनिएको छ।

 

जापनीजहरुले अहिलेको आधुनिक प्रबिधिलाई  प्रकृति संग  दुबैको संतुलन मिलाएरै काम गर्छन भन्ने कुरा उनिहरुको औषत आयुको ईन्डिकेटरले बताएको हुन्छ ।

 

#  जंगल स्नानको बैज्ञानिक कारण  ;

 

रुख बनस्पतिहरु ठिंग उभिन्छन । दौडन भाग्न सक्दैनन । आफ्नो सुरक्षा आफै गर्नु पर्ने हुन्छ ।यस्तो  सुरक्षाको लागि धेरै उपायहरु अबलंबन गर्छन । हामीलाई जस्तै रुख बिरुवालाई पनि भाईरस,ब्याक्टेरिया,प्रोटोजोआ र अन्य परजिबि जस्ता प्याथोजन हरुको संक्रमण हुन सक्छ ।

 

भनिन्छ यसबाट बच्नको लागि यिनिहरुले  एक प्रकारको रसायन उत्पादन गर्छन जसलाई फाईटोनसाईडस (Phytoncides) भनिन्छ यसमा हुने एण्टिब्याक्टेरिएल र एण्टिफंगल गुण हरुले गर्दा बनस्पतिमा लाग्ने यस्ता प्याथोजन हरुलाई  परास्त गर्न सेनाको काम गर्छ ।जसलाई ईम्युन अर्थात् रोग निरोधक ब्याक्टेरिया भनिन्छ । रुख बनस्पति हरुको संपर्कमा आउने वा जंगल यात्रा गर्ने जोसुकैले पनि  स्वास प्रस्वासबाट यो सजिलै प्राप्त गर्छन  र आफ्नो रोग प्रतिरोधात्मक क्षमता Natural killer (NK) लाई बढाउछन ।त्यसैले पनि जंगल यात्रालाई उत्तम मानिदो रहेछ ।

 

दोस्रो हो  नांगो खुट्टाले हिड्दा ज़मीनको सतहमा भएको निगेटिभ इलेक्ट्रोनलाई पैतालाको छाला बाट शरीरले आफु भित्र प्रवेश गराउछ र शरीर भित्र रोग उन्मुख भएर बसेका फ्रि-रेडिकल वा पोजेटिभ ईलेक्ट्रोनलाई आफुमा मिलाएर शरीरलाई घात गर्न बाट जोगाउछ वा भनौ एण्टिअक्सिडेण्टको काम गरी शरीरलाई ठुलो गुन लगाउछ ।

भनिन्छ जसरी घरको छाना देखि ज़मीन सम्म अर्थिंग गरेर घरलाई चट्यांग बाट जोगाईन्छ ठिक त्यस्तै गरी नांगो खुट्टाले जमीनमा टेक्दा अर्थिंगको काम भई शरीर सुरक्षित रहन्छ।यसको अर्थ हो हाम्रो शरीर पृथ्वी संग जोडिने गरी डिजाईन गरिएको छ ।

 

भनिन्छ हाम्रो शरीर भित्र जस्तोसुकै रोग पनि बनाउन सक्ने फ्रि-रेडिकलहरु बन्नुको कारण हरुमा  अहिलेको अत्याधुनिक प्रबिधि मोबाइल ल्यापटप वाईफ़ाई माईक्रोवोभ आदि जस्ता  सेलुलर डिभाईस हरुको अत्यधिक प्रयोगको कारणले त्यसबाट उत्पन्न हुने ईलेक्ट्रोम्याग्नेटिक  वेभ शरीर भित्र प्रवेश गरी त्यसको रेडिएसन बाट यस्तो घातक तत्व बन्दो रहेछ । यो बाहेक अप्राकृतिक वा गलत खानपान लाई पनि प्रमुख ज़िम्मेदार मानिदो रहेछ ।

 

तेस्रो हो ,  जमीनमा शरीरलाई हित गर्ने माईक्रोअर्गानिजमहरु हुन्छन जसलाई माईकोब्याक्टेरियम भ्यासी(Micobacterium vaccae) भनिन्छ । यो पनि ज़मीनमा टेक्दा पैताला बाट शरीर भित्र प्रवेश गर्छ जसले तनाव चिन्ता हटाई शरीरलाई स्फूर्ति बनाउछ भने गहिरो निद्रा लगाउनुको साथै मानसिक स्वास्थ्यलाई ठिक पार्छ । 

यि सबै बैज्ञीनिक कुरालाई आधार बनाएर नै जंगल स्नान भनिएको रहेछ ।

 

यसको प्रत्यक्ष उदाहरण हाम्रा बुबा हजुरबा हरुलाई नै लिन सकिन्छ । जो प्रायः नांगो खुट्टाले नै खेतबारी बन जंगल सबै चाहार्थे र दैनिक जल ज़मीन जंगल सबै स्नान गर्थे । परिणाम ९० बर्ष भन्दा बढि बाच्थे । आश्चर्यको कुरा त्यो उमेर सम्म पनि डाक्टर अस्पताल र औषधिको नाम सम्म पनि सुन्न पर्दैनथ्यो ।

बिडम्बना अहिले यस्तो छैन ।

जबसम्म आधुनिक सभ्यता र सुबिधाले जल ज़मीन र जंगल अर्थात् प्रकृतिलाई बेवास्ता गरेको कारण नै  अस्पताल डाक्टर र औषधिको शरणमा पुग्नु परेको  महसुस हुदैन तब सम्म यस्ता कुरा अहिलेको पुस्ता सुन्न चाहादैनन ।

 

निंष्कर्षमा भन्नु पर्दा बिज्ञान प्रबिधि र आधुनिक्ताको नाममा जति डंका पिटे पनि जति अगाडि दौडें भने पनि यो गोलो पृथ्बीमा घुम्दै आईपुग्ने उहि पहिले कै ठाँउमा नै हो ।

 

बाल्टिमोर ,USA

images
प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ०४:५५:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend