Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एड्रियनले देखेको सपना र दिन खोजेको सन्देश

एड्रियनले देखेको सपना र दिन खोजेको सन्देश

नेप्लिज डायस्पोरा

५, आषाढ २०८१
images
एड्रियनले देखेको सपना र दिन खोजेको सन्देश

सुरज भण्डारी

अमेरिका ।

अमेरिकी सेनाका भेट्रान एड्रियन पोखरेल युनाईटेड स्टेट्स हाउस अफ रिप्रिजेन्टेटिभ्सका लागि प्रतिष्पर्धामा छन् । भर्जिनिया राज्यको डिष्ट्रिक्ट १० वाट पोखरेल युएस कंग्रेसमा प्रतिष्पर्धा गरिरहेका हुन् ।  उनी संग अन्य १५ जना  प्रतिष्पर्धामा छन् । युएस कंग्रेसका लागि एड्रियनको यो प्रतिष्पर्धाले अमेरिकाको नेपाली डायस्पोरामा एउटा सन्देश प्रवाह गर्न सफल भएको छ । 

अमेरिकामा विस्तारित हुदैं गएको नेपाली डायस्पोराको उपस्थिति अमेरिकाको मुल धारको राजनितिमा पनि क्रमिक रुपमा बढ्दैं गईरहेको छ । विभिन्न राज्यका विभिन्न शहरमा नेपाली डायस्पोराका सदस्यहरुको सिटी काउन्सीलको रुपमा सहभागिताको क्रम बढ्दो क्रममा छ भने नेपाली डायस्पोरावाट राज्य सांसद (स्टेट हाउस अफ डेलिगेट्स) निर्वाचित भई मेरिल्याण्डका ह्यारी भण्डारीले सांसदको यात्रामा नेपाली डायस्पोराको ढोका खोलिदिएका छन् । उनले पनि युएस कंग्रेसका लागि आफूलाई प्रतिष्पर्धी बनाएपनि उनी उम्मेद्वार बनेको डिष्ट्रिक्टमा खुल्ला प्रतिष्पर्धा नभई पार्टीको प्राथमिक चुनाव जित्नुपर्ने अवस्था थियो तर प्राथमिक चुनाव उनको पक्षमा हुन सकेन र पनि नेपाली डायस्पोरालाई ह्वाईट हाउसको हिस्सा बनाउने पहलकदमीको सुरुवात भण्डारीले गरे । 

भण्डारीले खिचेको रेखा विस्तारैं बढ्दैं गएको छ । । भर्जिनिया राज्यको डिष्ट्रिक्ट १० वाट एड्रियनले आफूलाई युएस कंग्रेसको प्रतिष्पर्धामा उभ्याउदा त्यसमा केही सपना लुकेको छ भने  केही सन्देश अन्र्तनिहित रहेको छ । अमेरिकी सेना, रिजर्भ फोर्स, नेशनल गार्ड,अमेरिकी जासुसी संस्था सेन्ट्रल ईन्टेलिजेन्स एजेन्सी, अमेरिकाको सिटी प्रहरी(ह्युष्टन प्रहरी), ट्रान्सपोटेशन सेक्युरिटी एडमिनिष्ट्रेशन, विएनएसएफ अनि निजी कम्पनीहरुमा काम गरेका  एड्रियन आफ्नो प्रतिष्पर्धालाई नेपाली डायस्पोराले गरेको योगदानलाई आम अमेरिकी माझ पुर्‍याउने एउटा अवसरको रुपमा आफूले लिएको बताउँछन् ।

 अमेरिका प्रवेश गर्दाको आप्रवासी अनुभव र विद्यार्थी जिवनलाई समेत राम्ररी बुझेका एड्रियन आफ्नो प्रतिष्पर्धा केवल चुनावी दौड मात्र नभई यहाँ हुर्किरहेको नेपाली पुस्ताले अमेरिकाको मुलधारमा आफूलाई समाहित गर्ने अनि अवसरको स्वयंवाट सिर्जित गर्नका लागि एउटा सन्देशको रुपमा रहेको ठान्छन् । 

युवा अवस्थामा अमेरिकी भूमि छिरेका ५२ वर्षिय एड्रियन अव नेपाली डायस्पोरा केवल अरुको सहयोगी मात्र नभई हरेक स्थानमा आफ्नो सहभागिता खोज्ने अभियानमा लाग्नुपर्ने बताउँछन् । यहाँ कुनै पनि समुदाय मात्रैंले गर्ने होईन यहा सबैलाई अवसर छ,हामी संख्यामा केही कम छौं र पनि हामीले सबैलाई मिलाएर आफ्ना एजेण्डाहरुमा अरुलाई कन्भिन्स गरेर अगाडि बढ्नुपर्छ, उनले भने अव हाम्रो पुस्ता प्रतिष्पर्धावाट डराउने होईन, कि जितिन्छ कि सिकिन्छ, जुन सिकाई हाम्रो आउने पुस्ताका लागि महत्वपूर्ण रहनेछ । 

अमेरिकामा आईसकेका लाई अमेरिकाको हरेक अवसरले पर्खिरहेपनि हामीले नैं त्यसलाई ग्रहण गर्न सकिरहेका छैनौं । उनले थपे म पनि सुरुमा अलमलमा नै थिए, तर समयसगैं अवसरसम्म आफूलाई पुर्‍याउने कोशिसमा लागि रहे, यो विचमा अमेरिकाको विभिन्न सरकारी सेवाका क्षेत्रमा काम गरे, अनुभव बटुले त्यही अनुभव अहिले मेरा लागि सम्पत्ति बनेको छ । 

नेपालमा धरान घर भएका एड्रियन प्रतिष्पर्धी रहेको डिष्ट्रिक्टमा नेपालीको उपस्थिति पनि उल्लेख्य रहेको छ । आज मतदानको अन्तिम दिन हो ।

images
प्रकाशित मिति :आषाढ ५, २०८१ मंगलवार - १८:५७:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend