Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सोनसिकको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

सोनसिकको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

नेप्लिज डायस्पोरा

११, आषाढ २०८१
images
सोनसिकको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संस्था सोनसिकले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । त्यहाँको नामसेउल विश्वविद्यालयको सहकार्यमा हुन लागेको सम्मेलनलाई दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासले पनि सहयोग गरेको शुक्रबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

‘सहकार्यपूर्ण नेतृत्वः दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्तन र वैद्दानिक उत्कृष्टताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने छ । १५ र १६ जुनमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको पनि आयोजक संस्था सोनसिकले जनाएको छ ।

 

कार्यक्रमलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, नेपाली राजदूता प्राध्यापक डा. ज्योति प्याकुरेल, नामसेउल विश्वविद्यालयका अध्यक्ष, प्रोफेसर डाक्टर युन सुङ योङ र स्टडी इन कोरिया सेन्टर, राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षा संस्थानका टिम निर्देशक प्रोफेसर डाक्टर किम ना युनको सहभागिता हुने छ । यसैगरी सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका जैविप्रविधि विशेषज्ञ प्रोफेसर डाक्टर निरञ्जन पराजुलीले ‘साझा दिगो भविष्यतर्फको यात्रा’ र  सेजोंग विश्वविद्यालय दक्षिण कोरियाका सह प्राध्यापक डाक्टर लेविस एन्केन्येरेले ‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईः एआई र साइबर सुरक्षाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी अध्ययनका लागि दक्षिण कोरियामा अवसर र चुनौतीहरुका बारेमा सुजन शाक्यको पनि प्रस्तुती रहने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक किरण सुवालले जानकारी दिए ।

 

सोनसिक २००४ सालमा स्थापना भएको संस्था हो । अहिले हुन लागेको सम्मेलन दशौं संस्करण रहेको छ । २००७ देखि इपिएस कोरियामार्फत कामदारहरु जान थालेपछि कोरिया अध्ययनका लागि भन्दा पनि श्रम गन्तव्यका रुपमा परिचित भएकाले यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिले दक्षिण कोरियामा झण्डै साढे ६ हजार नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको पनि जनाइएको छ । कोरियाले उच्च शिक्षाका लागि छात्रबृत्ति पनि प्रदान गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०८१ सोमवार - २३:४३:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend