म
हिजो जस्तो आज छैन
आज जस्तो भोलि हुन्न
देखिनु र हुनु एकै होइन
म भित्र र बाहिर एकै छैन
म अचल छु
तर फरक फरक देखिन्छु
समय र म अघि बढि रहन्छौं
नयॅा रुप फेरी रहन्छौ
एउटा विन्दुबाट शुरु हुन्छ यात्रा
कोष, ॲग, प्रणाली शरिरसॅगै
अनुहार पहिचान बन्छ
नाम परिचय भन्छ
बामे सर्ने,ताते ताते गर्ने, हिंड्ने म
शिसु, वालिका, युवा अनि वयस्क म
कहॅा उस्तै देखिन्छु र?
कहॅा उहि मान्छे हुं र??
ऐनामा म फरक फरक देखिन्छु
आफ्नै तस्विर हेरुं, आज अर्कै देखिन्छु
घडिसॅगै चलि रहने घामसॅगै बलि रहने
पानीसॅगै बगि रहने हावासॅगै बहि रहने
एक गति हुं देखिने ‘म’
निरन्तर चलि रहन्छ
तर अन्तरमा म स्थिर छ
शान्त छ
यो आफैमा अनन्त छ
न यस्को आदि, न त अन्त्य छ
न यो तोडिन्छ न त कतै जोडिन्छ
न यो फेरिन्छ न त कतै मोडिन्छ
मनको ॲाखालै हेर्दा
आफुलाई सधैं उस्तै देख्छ
जति गहिरियो उति देवत्व भेट्छ
माया मोह तिर्सना प्यास मेट्छ
आफैमा सर्वश्व भेट्छ -२
डिसेम्बर २९, २०२३
मेरिल्याण्ड,अमेरिका