तिमी मात्र भए पो प्रेम गर्नु
तिमीसंग छ सिंगो समाज
समाज संग छ हजारौं सवाल
तिमीलाई दुःखी हुँदै दिनु पर्ला जवाफ
प्रेम गर्नुछ तिमीलाई तर
तिमी मात्र भए पो प्रेम गर्नु।
त्यो समाज भित्र तिम्रो छ परिवार
प्रेम संग जोडिन्छ तिम्रो घरवार
तिमीलाई लिनु पर्छ अनेक अवतार
म केबल तिमीलाई प्रेम गर्नुछ तर
तिमी मात्र भए पो सँगै हुनु
अनि तिम्रो अनेकौं जिम्मेवारि
दुनियाँ गर्नेछ तिमीलाई खवरदारी
जीवन बन्न सक्छ वारी र पारी
प्रेम गर्नु मन् छ मलाई
तर तिमी मात्र भए पो प्रेम गर्नु???
आमा बाबा खोजौला दशैं आउँदा
दिदी खोजौंला तिहारको रौनक छाउँदा
अनि छिमेकी पनि
साथीहरू सम्झने छौं केही रमाइलो गर्दा
मलाई त तिमीलाई मात्र प्रेम गर्नुछ
तर
तिमी मात्र भए पो प्रेम गर्नु !
- तानसेन पाल्पा