पाउने खबर छैन भने मर्ने कुरा बन्द गर
माया पुण्य छैन भने गर्ने कुरा बन्द गर
काटिदियो मेटिदियो कलम रूकेपछि
मसि ज्ञानकै छैन भने भर्ने कुरा बन्द गर
झोपडिमा शान्ति ल्याउ जेजे गरे पनि
खोपडि नै छैन भने सर्ने कुरा बन्द गर
देख्दा शान्त सागरको गहिराई भेटेपछि
ज्वारभाटा चिन्नै पर्छ तर्ने कुरा बन्द गर
मन मुटुले मानवतालाई बोकि हिडेपछि
खुरापाति दिमाकले छर्ने कुरा बन्द गर
साहित्यकै पाटो गजल बाटो बनेपछि
भीशा पुग्छ शिखरमै झर्ने कुरा बन्द गर!!!!