विडम्बना (लघुकथा )
लगातार घण्टी बजिरहेको माेबाइलफाेन उठाउँदै रविशंकरले भने-“हजुर ।”
कसैले फाेनमै प्रश्न गरे -“हजुर लेखक बाेल्नुभएकाे हाे?” रविशंकरले नम्रताका साथ भने-“हाे हजुर । कहाँबाट काे बाेल्नुभयाे कुन्नि ?केही सेवा छ कि?”
उनले परिचयात्मक जिज्ञासा राख्दै भने -“म प्रेसबाट छापेन्द्रेश्वर बाेलेकाे । हामीकहाँ तपाईंको पुस्तककाे समीक्षा आएकाे छ । छाप्नुहुन्छ भने अलिकति ब्यहाेर्नु पर्ने हुन्छ ।तपाईं के भन्नुहुन्छ ?”
छापेन्द्रेश्वरका छापा सम्बन्धि छलछामपूर्ण छनकका अभिव्यक्ति सुनेपछि रविशंकरले भने -“तपाईंलाई किन ब्यहाेर्ने,ब्यहाेर्नै परेपछि लेखकलाई पाे ब्यहाेर्ने हाे।तपाईंहरू छापामा अक्षर छाप्नु हुन्छकि अरु छाप्नु हुन्छ ?”
छापेन्द्रेश्वरले फाेन काटे । छ महिनापछि लेखकसंगकाे भेटमा रविशंकरले साेधे-” सर! समीक्षा त कतै भेटिन नि मैले। कुनै अनलाइनमा हाे कि पत्रिकामा कुन्नि ?”
समीक्षकले दु:खी हुँदै भने-“मैले लेखेर धेरै ठाउँमा दिएँ तर विडम्बना यहाँ लेख हाेइन पैसा छापिदाे रहेछ जुन हामीले दिन सकेनौं ।”
-गाेपी राम भण्डारी