Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

आँखाको सर्जरी गर्न अमेरिका आउदै शाहरुख खान

आँखाको सर्जरी गर्न अमेरिका आउदै शाहरुख खान

नेप्लिज डायस्पोरा

१६, श्रावण २०८१
images
आँखाको सर्जरी गर्न अमेरिका आउदै शाहरुख खान

काठमाडौं । बलिउड हंगामको रिपोर्टअनुसार अभिनेता यतिबेला पुनः स्वास्थ्यको समस्याले पीडित छन् । यसपटक भने उनको आँखामा समस्या देखिएको छ । जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि उनी गए ।

 

तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । स्रोतले भन्यो- सुपरस्टारको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ । उनी मंगलबार अमेरिका उड्ने जनाइएको छ ।

 

स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने त खुलाएन तर केही भारतीय संचारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार लेखेका छन् ।

 

पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रोपटक हो । गतसाता अभिनेत्री जस्मिन भासिनले पनि लेन्स लगाएपछि आँखामा समस्या देखियो । दुबै आँखामा पट्टी बाँधेको अभिनेत्रीको तस्वीर भाइरल बनेको थियो ।

 

अभिनेता खान पछिल्लोपटक फिल्म ‘डंकी’मा देखिएका थिए । उनी छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा पनि देखिनेछन् । छोरा आर्यनको डेब्यु फिल्मको लागि पनि शाहरुखले तयारी गरिरहेको पिंकभिल्लाले जनाएको छ ।

 

गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भयो । लगत्तै उनी अस्पताल भर्ना भए र भोलिपल्ट डिस्चार्ज गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण १६, २०८१ बुधवार - ०५:२६:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend